Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०८:५२ बिहान
- ADVERTISEMENT -

मध्यमर्स्याङदी जलविद्युत केन्द्रको विद्युत उत्पादन आधा घटयो

प्रकाशित मिति: २०७८ माघ ९, आइतबार

824
Shares

लमजुङ, माघ ९ गते । नेपालकै ठूलो मध्येको एक लमजुङस्थित ७० मेगावाटको मध्यमर्स्याङदी जलविद्युत केन्द्रको विद्युत उत्पादन आधा घटेको छ ।

नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत उत्पादन भएको मध्यमर्स्याङदी जलविद्युत केन्द्रले जनाएको छ । पानीको वहाव उच्च हुँदा ७२ मेगावाटसम्म विद्युत उत्पादन हुने केन्द्रबाट हाल औसतमा ३५ देखि ३८ मेगावाटसम्म विद्युत उत्पादन भइरहेको केन्द्र प्रमुख पवन बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत मात्र उत्पादन भएको हो । गतवर्ष यस समय औसतमा ३५ देखि ३७ मेगावाटसम्म विद्युत उत्पादन हुने गरेकोमा यसबर्ष भने केही बढी हो । केन्द्रका इलेक्ट्रिक इन्जिनियर विपिन सिलवालका अनुसार केन्द्रबाट माघ ७ गते शुक्रबार औसत उत्पादन ३५ दशमलव २४ मेगावाट छ ।

कुल आठ सय ४५ दशमलव ७५ मेगावाट आवर विद्युत उत्पादन भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘हिउँ पग्लिएको छैन । मर्स्याङदी नदीमा पानीको बहाव कम छ । पुसबाट विद्युत उत्पादन घट्न थालेको छ । अब हिउँ पग्लिन थालेपछि फागुनबाट बढ्दै जान्छ ।’

गत वर्षतिर पुस महिनाको समय ३५ देखि ३७ मेगावाट मात्रै विद्युत उत्पादन हुन्थ्यो । यसवर्ष केही बढी उत्पादन भएको छ । पुस महिनामा कुल ३३ हजार दुुई सय २६ दशमलव सात मेगावाट आवर विद्युत उत्पादन भएको देखिन्छ । यसवर्षको पुस महिनामा केन्द्र सञ्चालन देखिकै धेरै विद्युत उत्पादन भएको हो । उक्त महिना औसत उत्पादन ४६ मेगावाट सम्म थियो ।

केन्द्रका अनुसार साँझ र विहानको पीक आवरमा भने पूर्ण क्षमतामा ७० मेगावाट नै विद्युत् उत्पादन हुने गरेको छ । हिउँदमा बिहान ६ देखि १० बजे र साँझ ६ बजेदेखि १० बजेको बीचमा पूरा उत्पादन हुने गर्छ । पानी पर्ने र हिउँ पग्लिने समयदेखि विद्युत उत्पादन बढ्ने केन्द्रले जनाएको छ । उक्त परियोजनामा ३५÷३५ मेगावाटको दुुई वटा फ्रान्सिस टर्बाइन छ ।

जर्मन दातृ निकाय केएफडब्ल्यूको ८० तथा नेपाल सरकार, नेपाल विद्युत प्राधिकरणको २० प्रतिशत लगानीमा मध्यमर्स्याङदी जलविद्युत परियोजना निर्माण गरिएको हो ।

सुरुमा चार वर्ष लगाएर १३ अर्ब रुपियाँ बढी लगानीमा सम्पन्न गर्ने भनिए पनि परियोजनाको निर्माणकार्य आठ वर्षमा पूरा भएको थियो । ३० अर्ब रुपियाँ बढी खर्च गरेर निर्माण गरिएको मध्यमर्स्याङदी जलविद्युत परियोजना लगानीका हिसाबले नेपालको सवैभन्दा महँगो जलविद्युत परियोजना मानिन्छ । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -