Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४२:३१ बिहान
- ADVERTISEMENT -

श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या घटे

प्रकाशित मिति: २०७८ माघ ९, आइतबार

484
Shares

काठमाडौँ, माघ ९ गते । पछिल्लो महिना श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या घटेको छ ।

नेपालीका श्रम गन्तव्य देशमा कोरोनाको सङ्क्रमण दर बढेसँगै यसको असर देखिएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या मङ्सिर महिनाको तुलनामा पुस महिनामा साढे १० हजारले घटेको हो । मङ्सिरमा ७४ हजार ३५४ जनाले श्रम स्वीकृति लिएकामा पुस महिनामा ६३ हजार ८२५ जना मात्रै छन् ।

कोरोना सङ्क्रमणका कारण गत फागुुनदेखि वैशाखसम्म ठप्पजस्तै भएको वैदेशिक रोजगारी असारदेखि गति लिन थालेको थियो तर पुनः कोरोना महामारीको नयाँ लहर आएपछि भने घट्न थालेको हो ।

विभागका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो छ महिनामा दुुई लाख ९७ हजार ४०८ जनाले ९७ देशमा जानका लागि श्रम स्वीकृति लिएका छन् । साउनदेखि मङ्सिरसम्मको तथ्याङ्क हेर्दा श्रम स्वीकृति लिनेको सङ्ख्या बढदै गएको र पुसमा घटेको पाइएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको छ महिनामा सबैभन्दा धेरै मङ्सिरमा ७४ हजार ३५४ जना र सबैभन्दा कम साउनमा २५ हजार ४२८ जनाले श्रम स्वीकृति लिए । यसैगरी पुस महिनामा ६३ हजार ८२५ जना, कात्तिक महिनामा ५४ हजार ११८ जना, असोजमा ३९ हजार ६७१ जना र भदौमा ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले गएको असारदेखि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या क्रमशः बढेकामा पुसमा कोरोना सङ्क्रमण बढेसँगै श्रम स्वीकृति लिनेको सङ्ख्यामा पनि घट्न थालेको बताउनुुभयो । पछिल्लो पटक नेपाल र नेपालीका श्रम गन्तव्य देशमा नयाँ भेरियन्टको कोरोनाको सङ्ख्या बढेकाले माघ महिनामा यसको सङ्ख्या अझै घट्ने उहाँको भनाइ छ ।

संस्थागत रूपमा श्रम स्वीकृति लिएर जाने बढे

विभागका अनुसार पछिल्लो महिना व्यक्तिगतभन्दा संस्थागत रूपमा श्रम स्वीकृति लिएर जानेको सङ्ख्या बढेको छ । पुस ६३ हजार ८२५ जनाले श्रम स्वीकृति लिएकामा महिनामा ३३ हजार २२५ जनाले संस्थागत श्रम स्वीकृति लिए भने ३० हजार ६०० जनाले व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिएका छन् ।

मङ्सिर महिनामा ७४ हजार ३५४ जनाले श्रम स्वीकृति लिएकामा संस्थागत रूपमा ३१ हजारले मात्रै लिएका थिए भने ३९ हजार ३५४ जनाले व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

साउदी अरब जाने बढे

विभागका अनुसार पछिल्लो छ महिनामा नेपालीका प्रमुख गन्तव्य देश साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । पछिल्लो छ महिनामा साउदी अरब र कतारमा एक÷एक लाख जना रोजगारीका लागि श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ ।

यस्तै यूएईमा पछिल्लो छ महिनामा ५८ हजार ११४ जना नेपाली कामदार रोजगारीका लागि गएका छन् । ओमान, कुवेत, माल्दिभ्स, रोमानिया, साइप्रस, बहराइनसहितका ९८ देशमा श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -