Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
९:५१:२४ बिहान
- ADVERTISEMENT -

देशभर ६५ हजार ३७४ जना सक्रिय संक्रमित

प्रकाशित मिति: २०७८ माघ ८, शनिबार

473
Shares

काठमाडौं, शनिबार, ८ माघ २०७८ । शुक्रबार थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ६१८ जनाको पिसिआर परीक्षण गर्दा आठ हजार ८१५ तथा चार हजार ४७४ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ८८८ जना गरी १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ६ हजार ५९१ पुगेको छ ।

त्यस्तै, शुक्रबार तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ । पछिल्लो समय थप ७६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै आठ लाख १९ हजार ५७५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो समय देशभर ६५ हजार ३७४ जना सक्रिय संक्रमित छन् । जसमध्ये ६३ हजार ७३४ जना होम आइसोलेसनमा छन् भने एक हजार ६४० जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये १९४ जना आइसियु र ३५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

बुधबार ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने बिहीबार १२ हजार ३२८ जनामा संक्रमण पुष्टि भएको थियो ।

उपत्यकामा थपिए पाँच हजार २९९ संक्रमित

शुक्रबार काठमाडौं उपत्यकामा पाँच हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा चार हजार २७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, मोरङमा ६४६, सुनसरी ३३२, झापामा २७५, रुपन्देहीमा २७२, कास्कीमा २५४, चितवनमा १९५, कैलालीमा १६५, मकवानपुरमा ११५, बाँकेमा ८७, नवलपरासी पूर्वमा ८६, काभ्रेपलाञ्चोक र बागलुङमा ७७/७७ जना, धनुषामा ६४, कञ्चनपुरमा ५५, सिरहामा ५०, पर्सा र दाङमा ४८/४८ जना, तनहुँमा ४२, सर्लाहीमा ३३, धादिङ र पाल्पामा ३०/३० जना, गोरखामा २८, सप्तरीमा २७, नवलपरासी पश्चिममा २५, महोत्तरीमा २४ तथा रौतहट, म्याग्दी र स्याङजामा २०/२० जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न मन्त्रालयको आग्रह

सर्वसाधारणको लापरबाहीले स्वास्थ्यकर्मीहरूमा कोभिड संक्रमण बढ्ने भन्दै सबैलाई सावधानी अपनाएर काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण गराएको छ । स्वास्थ्यकर्मीहरूमा कोभिड संक्रमणको दर बढ्न गई स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै आम नागरिकहरूलाई स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न आग्रह गरेको हो ।

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले ओमिक्रोन भाइरस स्वास्थ्यका हिसाबले कम जोखिमपूर्ण रहे पनि संक्रमण दर बढाइरहेको बताउनुभयो । उहाँले आम मानिसहरूले स्वास्थ्यसम्बन्धी सरकारले बनाएका मापदण्ड पूर्ण पालना गर्ने र कोरोनाविरुद्धको खोप अनिवार्य लगाएमा बढ्दो कोरोना संक्रमणलाई कम गर्न सकिने बताउनुभयो ।

सह–प्रवक्ता अधिकारीले ओमिक्रोन भेरियन्ट तीव्र संक्रामक रहेकोले घर परिवारमा पनि कोभिडबाट आफू बच्न र अरूलाई पनि बचाउनका लागि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने र आफूलाई संक्रमण भए ७ दिनअघिसम्म भेटघाट गरेका मानिसहरूलाई सचेत गराउन अनुरोध गर्नुभयो । उहाँले सरकारले स्वास्थ्यका पूर्वाधारहरू बढाए पनि स्वास्थ्यकर्मीहरू गुणात्मक रूमा बढाउन असहज भएको बताउनुभयो । सह–प्रवक्ता अधिकारीले असावधानीका कारण कोरोनाबाट हुने जनधनको क्षति हुन नदिन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग र सचेत रहनुपर्ने बताउनुभयो ।

सहप्रवक्ता अधिकारीले अतिरिक्त खोप सरकारले उपलब्ध गराइरहेकोले पहिला लगाएको खोप मात्रै लगाउनु पर्ने सुझाव दिनुभयो । उहाँले कोभिसिल्ड र अस्ट्राजेनिका नाम फरक भए पनि बनाउने प्रक्रिया एकै भएकोले यी दुई खोपमा भने रोजेर लगाउन सकिने बताउनुभयो ।

सह–प्रवक्ता अधिकारीले विभिन्न अध्ययन र विश्व स्वास्थ्य संगठनले भनेअनुसार नै नेपाल सरकारले अतिरिक्त कोरोनाविरुद्धको खोप लगाउनेसम्बन्धी निर्णय गरेकोले पहिलो र दोस्रो डोजमा लगाएको खोप नै अतिरिक्त डोजको रूपमा लगाएमा मात्रै त्यसले सकारात्मक प्रतिक्रिया दिने बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -