Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०१:५६ बिहान
- ADVERTISEMENT -

टी-२० विश्वकप ग्लाेबल छनोटका लागि नेपाली टाेली घाेषणा

प्रकाशित मिति: २०७८ माघ ६, बिहीबार

497
Shares

काठमाडौँ, बिहिबार, ६ माघ २०७८ । आगामी फेब्रुअरीमा ओमान हुने टी-२० विश्वकप ग्लोबल छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा भएको छ ।

युवा ब्याट्सम्यानहरुलाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा टि२० विश्वकप ग्लोबल छनोट ए को लागि अन्तिम १६ सदस्य टोली घोषणा गरेको हो ।

टोलीमा हालै सम्पन्न प्रधानमन्त्री कप टी-२० प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादवले स्थान बनाएका छन् भने शरद भेषावकर, प्रदीप ऐरी र जितेन्द्र मुखियाले पुनरागमन गरेका छन् । टोलीमा नियमित खेल्दै आएका तीव्र गतिका बलर सोमपाल कामी र विकेटकिपर विनोद भण्डारी भने अटाएनन्।

ओमानमा तय विश्वकपको ग्लोबल छनोटको समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोली अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन् । खेल सन् २०२२ को १५ देखि २५ फेब्रुअरीसम्म आयोजना हुनेछ ।

नेपाली टोलीः-

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, विवेक यादव, लोकेश बम र प्रदीप ऐरी ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -