काठमाडौं, ५ माघ २०७८ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा पिसिआर परीक्षण गर्दा ८०० रूपैयाँ शुल्क तोकिएको छ र, निजी प्रयोगशालामा पिसीआर टेष्टको शुल्क १५०० रूपैयाँ तोकिएको छ।
यसअघि सरकार अस्पतालहरुमा परीक्षणको शुल्क १ हजार र निजी अस्पतालमा २ हजार रूपैयाँ लिदै आएको थियो ।








































