काठमाडाैं, ४ माघ २०७८ । पशुपतिनाथ मन्दिरको धर्मशाला अधिकारप्राप्त निकायको स्वीकृति बिना नै लिजमा दिएको पाइएको छ। नेपाल भारत मैत्री पशुपति धर्मशाला भाडा सम्झौता सम्बन्धी छानबिन समितिले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै स्वीकृति बिना नै धर्मशाला लिजमा दिएको बताएको हो।
छानबिन समितिले बाेलपत्र आह्वान गर्दा मिलेमताे देखिएकाे पनि स्पष्ट पारेकाे छ। धर्मशाला भाडामा दिँदा कानुन बमाेजिम पदीय दायित्व पुरा नगर्ने पदाधिकारीलाई कारबाही गर्न पनि समितिले सिफारिस गरेकाे छ। पशुपति क्षेत्र विकास काेषका काेषाध्यक्ष नारायण प्रसाद सुवेदीकाे संयाेजकत्वमा गठित छानबिन समितिले साेमबार आफ्नाे प्रतिवेदन सावर्जनिक गरेकाे हाे।
साे प्रतिवेदन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेकाे उपस्थितमा सार्वजनिक गर्ने कार्यक्रम रहेपनि मन्त्री आलेलाई काेराेना संक्रमण भएका कारण मन्त्रालयका सचिवलाई प्रतिवेदन बुझाइएकाे छ। पशुपति धर्मशाला बतास अर्गनाइजेसनले व्यवस्थापन गरेकाे हाेटल आनन्द प्रालिले पशुपति क्षेत्र विकास काेषसँग लिजमा लिएकाे हाे।
छानबिन समितिले बतास समूहसँगको सम्झौता खारेज गर्न सिफारिस गरेको छ। धर्मशाला भाडामा लिएर महँगोमा होटल चलाएको भन्दै आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको प्रस्तावमा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले छानबिन समिति गठन गरेको हो।








































