गोरखा : केही दिनयता गोरखामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पुस १५ यता कोरोना संक्रमण देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । हाल जिल्लामा ५२ जना सकृय संक्रमित पुगिसकेकाे स्वास्थ्य कार्यालय गोरखाले जनाएकाे छ । जसमा आइतबार मात्रै २४ जनामा संक्रमण पुष्टि भएका कार्यालयका सुचना अधिकारी नवराज खड्काले बताए ।
जसमा गोरखा अस्पतालमा एण्टिजेन परिक्षण गराएका ३५ मध्ये २२ जनामा संक्रमण पुष्टी भएकाे हाे । जसमा १४ महिला र ८ जना पुरुष रहेकाे खड्काले बताए ।
त्यस्तै आजै आरुघाटमा समेत १ महिला र १ पुरुष संक्रमित थपिएका छन् । त्यस्तै हाल गोरखामा ५२ जना सकृय संक्रमित रहेका छन् । जसमा गोरखा नगरपालिकामा २९, पालुङ्गटार नगरपालिकामा ८, आरुघाटमा ७, भिमसेन थापा गाउँपालिकामा २ ,बारपाक सुलिकाेटमा १ शहिद लखनमा ३ र सिरानचाेक गाउँपालिकामा २ जना सकृय संक्रमित रहेकाे स्वास्थ्य कार्यालय गोरखाले जनाएकाे छ ।








































