काठमाडौं, २ माघ २०७८ । राष्ट्रिय सभाको माघ ३ गते सोमबार दिउँसो १ बजे तय भएको बैठकको मिती पुनः स्थगित भएको छ ।
संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले आइतबार एक विज्ञप्ति जारी गर्नुहुदै विशेष कारणले पूर्व निर्धारित दिन र समयमा सो बैठक बस्न नसकिएको जानकारी दिनुभएको हो ।
यसअघि पुस २७ गते बस्ने भनिएको बैठक स्थगित भएपछि माघ ३ गते तय भएको थियो । राष्ट्रिय सभा बैठकको अर्को मिति भने तोकिएको छैन ।








































