Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४५:२१ बिहान
- ADVERTISEMENT -

‘ब्रान्ड’ नै बन्यो सडक व्यापार

प्रकाशित मिति: २०७८ माघ १, शनिबार

630
Shares
गोरखापत्रबाट

उर्लाबारी, शनिबार, १ माघ २०७८ । पहिलो पटकको बन्दाबन्दीले गाउँमा सञ्चालन गरेको होटल बन्द भएपछि मोरङ बेलबारी नगरपालिका–१० का मेघराज बस्नेतले पूर्व–पश्चिम राजमार्गमा पर्ने चिसाङ–भाउन्ने सडक किनारमा तरकारी पसल सुरु गर्नुभयो । टाउको लुकाउने साधारण घर र अलिकति पाखोबारी मात्र भएका बस्नेत बन्दाबन्दी सकिएपछि पनि पुरानो होटल व्यवसायमा फर्किनुभएन । होटलभन्दा सडकको व्यापारले नै उहाँलाई आकर्षित गरिरह्यो ।

सो सडकमा अहिले मेघराज बस्नेतजस्ता ३० भन्दा बढी व्यापारी सडक किनारमा मौसमअनुसारको व्यापार गरिरहेका छन् । मोरङको भाउन्ने र चिसाङ खोला पूर्व र पश्चिममा केरा र मकैको व्यावसायिक खेती हुने गरेको छ । सडक किनारमा केरा र मकैका साथसाथै निगुरो, तरुल, मौसमी तरकारी र फलफूल बिक्री हुने गरेको छ । यो सडक व्यापार पोलेको मकै र ताजा तरकारी तथा फलफूलका लागि ‘ब्रान्ड’ नै बनेको छ ।

२१ महिनादेखि मकै पोल्ने व्यवसाय गरी रहनुभएका बस्नेतले भन्नुभयो, “मकै बाह्रै महिना उत्पादन हुन्छ । किसानको खेतबारीमै गएर प्रतिकट्ठा आठ हजारदेखि ११ हजार रुपियाँसम्ममा हरियो मकै किन्न पाइन्छ । दाउरा ल्यायो, भट्टी लगायो अनि पोलेका मकै बेच्यो । ” ५१ वर्षीय बस्नेतको परिवारमा श्रीमतीसहित चार छोरी र एक छोरा छन् । सडक व्यापारमा परिवारका सबै सदस्यको उत्तिकै सहभागिता छ । उहाँले भन्नुभयो, “कहिले म आउँछु, कहिले श्रीमती । हरिया मकै ठेक्का गर्न गाउँ पनि पस्नैप¥यो । ” बस्नेत परिवारको खुद आम्दानी दैनिक एक हजारदेखि एक हजार २०० रुपियाँ रहेको छ । बस्नेतकै छेउमा टेकबहादुर याक्खा तरुल, हरिया मकै र केराको व्यापार गर्नुहुन्छ । उहाँकी छोरी नजिकै भट्टी लगाएर मकै पोल्नुहुन्छ । याक्खाले भन्नुभयो, “३ बजेपछि श्रीमती पनि सघाउन आउँछिन् । पाँच जनाको परिवार यसैबाट पालिएको छ । ”

शम्भु बस्नेतको पनि परिवार सडकमै मकै पोल्ने र बिक्री गरेर पैसा कमाउनमा मस्त छ । मकै खेतीसमेत गरिरहनुभएका शम्भु बस्नेतले भन्नुभयो, “बन्दाबन्दीले व्यापारी पनि बनायो । पहिले मकै किनिदेऊ भनेर काँटावालालाई ढोग्नुपथ्र्यो । मकैको खर्च उठाउन गाह्रो थियो । अहिले हरिया मकै बिक्री गर्न थालेपछि ६०÷६५ दिनमा एक कट्ठाको मकैबाट घोगा बेच्दा १० हजार रुपियाँ र आफैँ पोलेर बेच्दा १८ हजार रुपियाँ आम्दानी लिन सकिन्छ । ”

सडकको दुवैतिर घना जङ्गल छ । वन कार्यालयले टहरा बनाउन दिएको छैन । हरेक व्यापारीले ग्राहकका लागि मुडा, कुर्सीको बन्दोबस्त मिलाएका छन् । बस्नेत र याक्खा प्रतिनिधि पात्र मात्र हुनुहुन्छ, अरू धेरै परिवारको दैनिक गुजारा सडक व्यापारबाटै हुने गरेको छ । यो सडकको तीन किलोमिटर दूरीमा ३० बढी व्यापारीले आफ्नो व्यापार चलाइरहनुभएको छ ।

बन्दाबन्दीले अर्थतन्त्र थलिएका बेला सुरु भएको कृषि उपजसँग सम्बन्धित सडक बजार फष्टाएपछि अहिले बेलबारी नगरपालिका–८, १० र ११ तथा कानेपोखरी गाउँपालिका–५ र ७ का किसान व्यावसायिक केरा र मकै खेतीतर्फ आकर्षित भएका छन् । बेलबारी–१० का किसान केशव भण्डारीले भन्नुभयो, “हरिया मकै बिक्रीका लागि बजारको अभाव छैन । ”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -