अमित भट्ट/गोरखा : भिमसेनथापा गाउँपालिका नेपाली कांग्रेस सभापति तथा जुझारु युवा नेता नारायण भट्टराईले युवाहरु भनेका नेपाली कांग्रेसको मेरुदण्ड रहेको र युवा पिढिले नै अब नेपाली कांग्रेसको नेतृत्व गर्नुपर्ने बताएका छन ।
भिमसेन थापा गाउँपालिका वडा न ३ को तरुण दल , महिला संघ , दलित संघ लगायत नेपाली कांग्रेसको भातृ संगठन गठन कार्यक्रममा बोल्दै पालिका सभापति भट्टराईले , युवाहरुले समाजमा रहेको सम्पुर्ण विकृति विसङगतीहरुलाई चिरफार गर्नुपर्ने र पार्टीको हक हितमा रहेर काम गर्नुपर्ने मा जोड दिएका छन ।
उनले पार्टी र समाजलाई युवाको सक्रियता सङसङै महिलाको बढदो सहभागिताको समेत आवस्यकता रहेको बताएका छन । निर्वाचनमा सक्रिय भुमिका महिलाको रहेको हुनाले सम्पुर्ण महिलालाई नेतृत्वमा आउन लाई समेत उनले आग्रह गरेका छन । पार्टीभित्र हुने गरेको कामको प्रचारप्रसारमा कमि आइरहेको भट्टराईको भनाई छ ।
राम्रोलाई राम्रो र नराम्रो र नराम्रोलाई नराम्रो भन्न सक्ने क्षमता विकास गर्नको लागि उनले सबैमा आग्रह गरेका छन ।
भिमसेन थापा गाउँपालिका वडा न ३ को तरुण दल , महिला संघ , दलित संघ गठन समिति
तरुण दल गठनमा अध्यक्षमा – धुव्र खनाल , उपाध्यक्ष – सोम भुजेल , सचिवद्वयमा – ऋषि खनाल ( रितिक ) र रोशन लामिछाने , सह-सचिवमा – जीवन सुवेदी र अनिता दाहाल , कोषाध्यक्ष – अनन्त खनाल , सदस्यहरु – अशोक खनाल (सानो) , रन्जु पुडासैनी , प्रवेश बन्जरा , रुपेश भट्ट , वसन्त लामिछाने , रषिक खनाल , मनिक खनाल ,अशोक खनाल (ठुलो), प्रवेश बञ्जारा, सुशान्त खनाल, समीर पाण्डे , सुनिता खनाल , सन्देश लामिछाने , सुवर्ण पुडासैनी , मनोज लामिछाने ( विकास ) , पवन सुवेदी , आशिष् अधिकारी , विपन लामिछाने , विप्लव लामिछाने, कुमार भुजेल , सुदिप विक , संगम बराम , प्रकाश विक , सुजन कोईराला आदि रहेका छन ।








































