काठमाडौं, २३ पौष २०७८ । नेपाल साँस्कृतिक संघमा गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा नं २ का सुनिल लामिछाने नियुक्ति हुनु भएको छ ।
नेपाली कांग्रेसको छातामुनि रहेर साँस्कृतिक गतिविधिका माध्यमबाट नेपाली कांग्रेसको उत्थान, प्रवध्नन र संगठनको समग्र सुदृढीकरणका लागि निरन्तर सक्रिय भुमिका निर्वाह गर्दै आउनु भएका लामिछाने कांग्रेस बिधानको परिछेद ७ को दफा २० (च ) बमोजिम संघको केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको सभापती तिर्थ बहादुर थापाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
नेपाल साँस्कृतिक संघको नीती, उदेश्य, कार्यक्रम र अनुशासनमा रहेर सदा झै महत्त्वपूर्ण भुमिका र योगदान रहने आशा र बिश्वास गरिएको छ ।









































