Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३६:३७ बिहान
- ADVERTISEMENT -

अरुण तेस्रो आयोजना ट्रान्समिसन लाइनको मुआब्जा माग सरोकार समिति गठन

प्रकाशित मिति: २०७८ पुस २३, शुक्रबार

385
Shares

संखुवासभा, शुक्रबार, २३ पौष २०७८ । संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको ट्रान्समिसन लाइनको मुआब्जा माग गर्दै सरोकार समिति गठन भएको छ । अरुण तेस्रो जलविद्युत् आयोजनाअन्तर्गत ४०० केभी प्रसारण लाइनको मुआब्जा माग गर्दै अरुण सरोकार समिति गठन भएको हो ।

ट्रान्समिसन लाइन संखुवासभाको चिचिला गाउँपालिका दिदिङ पुखुवाबाट सुरु भई डाँडागाँउ, आहाले, छ्याङकुटी हुँदै खाँदबारी नगरपालिकाको सेकाहा, मानेभञ्याङ, माथिल्लो चेवा, पिप्ले रयले बेंशी हुँदै भोजपुरको षडान्नद नगपालिकाबाट जाने सतलज कम्पनीले जनाएको छ ।

अरुण तेस्रो आयोजनाका लागि संखुवासभामा ४३ वटा ट्रान्समिसन लाइन रहने छन् । खाँदबारी नगरपालिका–३ स्थानीयहरुको भेलाले अध्यक्षमा किशोरकुमार गुरुङको अध्यक्षतामा ३९ सदस्यीय ट्रान्समिसन लाइन मुआब्जा सरोकार समिति गठन गरेको छ । ट्रान्समिसन लाइन चिचिला गाउँपालिका १, २ र ३ हँदै खाँदबारी नगरपालिका ४, ३, २ र १ र ८ नम्बर वडा हुँदै भोजपुर लगिने छ ।

ट्रान्समिसन लाइनले आठवटा वडाभित्रका करिब ५९४ घरधुरीको जग्गा अधिग्रहण गर्नेछ । जग्जाधनीहरुलाई मुआब्जावापत उचित क्षतिपूर्ति दिनुपर्ने भेलाको माग छ । अरुण तेस्रोले अहिले ट्रान्समिसन लाइन टावरले करिब ४६ मिटर जग्गा टावरले कभर गर्छ । अरुण तेस्रो जलविद्युत् आयोजनाको लागि अहिले सडक, ड्याम साइड, पावर हाउस, सुरुङ मार्ग निर्माणको कार्य धमाधम भइरहेको छ ।

ट्रान्समिसन लाइन संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, धनुषा हुँदै मोहत्तरी हुदै भारत पुग्ने सतलज कम्पनीले जनाएको छ । संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा–५ नुमको फ्याक्सीन्दामा ड्याम साइड निमार्ण भइरहेको छ भने पावर हाउस चिचिला गाउँपालिका दिदिङको पुखुवामा निर्माण भइरहेको छ । अरुण तेस्रो आयोजनाको क्षेत्रभित्र पर्ने घर तथा जग्गा अधिग्रहणका काम सकिएको जानकारी दिइएको छ । संखुवासभा जिल्लामा दुई अर्ब भन्दामाथि रकम मुआब्जा बाँडिसकिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -