काठमाडौं, बिहिबार, २२ पौष २०७८ । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेललाई निमोनिया भएको छ ।
निमोनियाको कारण बुधबारदेखि स्वास्थ्यमा समस्या आएपछि नेता पौडेल घरमै आराम गरिरहनु भएको छ।
चिकित्सकले उहाँलाई अझै एक हप्ता आराम गर्न सुझाव दिएका छन् । हिजोदेखि अस्वस्थ्य भएपछि उनले भेटघाट पनि कम गरेका छन् ।








































