गोरखा /गण्डकी प्रदेशका सांसद तथा नेपाली कांग्रेसका गण्डकी प्रदेश समिति सदस्य प्रकाशचन्द्र दवाडीले गोरखा जौबारीको नवआदर्श महिलाबचत तथा ऋण सहकारी संस्थालाई ५० हजार रुपैयाँ सहयोगस्वरुप प्रदान गरेका छन् ।
आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्ने क्रममा सिरानचोक गाउँपालिका ८ जौबारी पुगेका सांसद दवाडीले सो सहकारी संस्थालाई सहयोगरकम प्रदान गरेका हुन् ।
निर्माणाधीन सहकारी संस्थाको कार्यालय भवनलाई थप टेवा पुगोस् भनेर सहकारी संस्थाकी अध्यक्ष विष्णुमाया ढकाललाई सोमबारबिहान रकम हस्तान्तरण गरेको सहकारी संस्थाकी सामाजिक परिचालक शिला दवाडीले जानकारी दिइन् । रकम ग्रहण गर्दै अध्यक्षढकालले सांसद दवाडीको सहयोगप्रति कृतज्ञता प्रकट गरेकी थिइन् ।
गाउँमा सुखदुखमा सहकार्य गर्दै आएको सहकारी संस्थाको उत्तरोत्तर प्रगतिका लागि तथा महिलाहरुको उत्साहलाई होस्टेमा हैँसे गर्नसहयोग गरेको सांसद दवाडीले बताए ।
सोही क्रममा सांसद दवाडीले परोपकार आदर्श मावि र जौबारी प्राथमिक स्वास्थ्य केन्द्र जौबारीको अवलोकन भ्रमण गरेका छन् ।








































