काठमाडौं । रुपन्देहीको बुटवल, रानीगन्जका ७० वर्षीय वीरबहादुर विश्वकर्माको मलामी सवार बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको मलामी चढेको लु२ख ७२७९ नम्बरको बस आज बिहान पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लगुवामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी सातजनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रानीगन्ज निवासी ७० वर्षीय विश्वकर्माको शनिबार मृत्यु भएको थियो । उनको शव लिएर मलामी गएका ३६ जना बसमा सवार थिए । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।








































