Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५२:२१ बिहान
- ADVERTISEMENT -

गैर आवासिय नेपाली संघमा आएका व्यथिती,विसंगती र विकृतीको अन्त्य गर्न तयार छु एनआरएनए जापानका २०१९-२०२३ कार्यकालका कार्यवाहक अध्यक्ष अनिता गुरुङ

प्रकाशित मिति: २०७८ पुस १६, शुक्रबार

676
Shares

गैर-आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको २०२१-२०२३ कार्यकालको लागी भएको निर्वाचनमा प्रविधिको चरम दुरुपयोग गर्दै केन्द्रका केहि जिम्मेवार व्यक्तिहरु र निर्वाचन जित हाँसिल गर्ने ऊदेश्य सहित ऊमेद्ववारी दिएका गिरोहहरुको बिचमा सहमती भए पश्चात गर्न बाध्य पारिएको निर्वाचन त्यसपछि ऊत्पन्न बिबाद र विभिन्न चरणका छानबिन पश्चात निर्वाचनमा धाँदली भएको तथ्यहरु एक पछि अर्को सार्वजनिक भए पश्चात आफुहरुले गराएको निर्वाचन केहि आईटि अपराधीहरुको कारणले धाँदली हुन पुगेको प्रति कार्यवाहक अध्यक्ष अनिता गुरुङले जापानबासी नेपालीहरु संग क्षमायाचन गर्नु भएको छ।

गुरुङले आईसिसीबाट गठित निर्वाचन छानबिन समितिको रिपोर्ट र गैर आवासिय नेपाली संघको बिबाद हेर्ने नेपाल सरकारको आधिकारिक निकाय परराष्ट्र मन्त्रालयको समेत छानबिन रिपोर्ट जापानको हकमा पुन निर्वाचन गराऊनु पर्ने विषय ऊल्लेख भए पश्चात १०१९-२०२१ कार्यकालको समिति लाई पुन ब्युताऊदै हिजो मात्र एनआरएनए जापानको २०१९-२०२३ कार्यकालको कार्यसमिति तर्फबाट अग्रेजी नयाँ बर्षको २०२२को शुभकामना आदान प्रदान, गुरुङ जातिहरुको विशेष चाँड तमु ल्होसारको शुभकामना आदान प्रदान लगाएत एनआरएनए जापानको भावी यात्राका बारेमा जापानबासी विभिन्न संघ,संस्थाका प्रतिनिधि र दिग्गज व्यक्तित्वहरुको ऊपस्थितिमा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको जानकारी हुन आएको छ।

कार्यवाहक अध्यक्ष गुरुङको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न देशबाट समेत एनआरएनए अभियानमा हाबी हुदै गएको विकृती,विसंगती,अन्याय,अत्याचर र प्रविधिको चरम दुरुपयोग गर्दै गरिने निर्वाचनको विरुद्धमा शसक्त रुपमा कलम चलाऊदै आऊनु भएका पत्रकारहरु,एनआरएनए अभियान्ताहरु समेतको ऊल्लेख्य ऊपस्थित रहेको थियो । करिब ४/५ घण्टा भर्चुअल माध्यमबाट सन्चालन भएको कार्यक्रम जापान र विश्वभर रहेका विभिन्न अनलाईन मिडियाहरु मार्फत प्रत्यक्ष प्रसारण भएको थियो भने कार्यक्रमको सन्चालन कोषाध्यक्ष कालिका थापाले गर्नु भएको थियो भने विभिन्न व्यक्तिहरुले दिनु भएको सुझावको संकलन, टिपोट सचिव विकाश बस्नेत ज्युले गर्नु भएको थियो। कार्यक्रममा अधिकाश वक्ताहरुले शुभकामना,आदान प्रदान गर्नुका साथै एनआरएनए जापानको पुन स्वच्छ र निष्पक्ष निर्वाचन हुनु पर्ने र धाँदलीपुर्ण बिबादित निर्वाचन बाट आएकाहरुले एनआरएनए जापानको नाममा विभिन्न किसिमका गतिविधिहरु गर्दै आएका हुनाले आफै गलत बाटोबाट आएका हुनाले गैरआवासिय नेपालीहरुको भावनालाई नेतृत्व गर्न सक्ने कुनै पनि नैतिक आधार नभएकोले धाँदलीपुर्ण निर्वाचनबाट आएकाहरु लाई कुनै गतिविधि नगर्न सुझाव दिनुका साथै अन्य क्षेत्रिय समिति लगाएत विभिन्न जापान स्थित सामाजिक संघ,संस्थालाई समेत भ्रममा नपर्न अनुरोध गर्नु भएको प्राप्त हुन आएको छ। कार्यक्रम प्रमुख आतिथ्यता एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङगले गर्नु भएको थियो भने विशेष अतिथिहरुमा अन्तराष्ट्रिय कानुनविद एनआरएनए जापानका सल्लाहकार बलराम श्रेष्ठ, अध्यक्ष मण्डलका सदस्य सालिकराम भण्डारी, निवर्तमान महासचिव बुद्धी प्रसाद घिमिरे, पुर्व ऊपाध्यक्ष सरोज कुमार खत्री एनआरएनए अभियान्ता किरण बर्मा, नरेन्द्र बस्नेत (दिनेश),पर्वत समाज जापानका निवर्तमान अध्यक्ष ने.ज.स.जापानका ऊपसभापती सुजन जोशि,तामाङ समाज जापानका अध्यक्ष रविना तामाङ ,ने.ज.स.जा का ऊपसभापती राजेन्द्र जमरकट्टेल,ग्लोबल गोरखा समाजका सचिव विराट खनाल सामाजिक अभियान्ता निरन्जन गैर लगाएत अन्य धेरै ऊपस्थित महानुभावहरुले समग्रमा आफ्नो धारणा राख्दै २०१९-२०२१ कार्यसमिति ब्युतिएर जापानबासी नेपालीको दुख, सुखमा काम गर्न शुभकामना दिनुका साथै सत्यको पक्षमा निरन्तर लागी रहन समेत अनुरोध गर्नु भएको प्राप्त हुन आएको छ।

भने केन्द्रले नै बनाएको छानबिन समितीले यति धेरै धाँदली भएको सत्य,तथ्य प्रमाणहरु दिदाँ समेत हाल सम्म कुनै कारबाहीको प्रक्रिया अगाडि नबढाऊनुले केन्द्रिय नेतृत्व कुमार पन्तको असक्षमता रहेको भन्दै अधिकाश वक्ताहरुले चर्को आलोचना समेत गर्नु भएको जानकारी हुन आएको छ। संस्थाले आगामी दिनमा समेत रचनात्मक कार्यक्रमहरु लिगेर जापानबासी नेपाली समुदाय माझ आऊने जानकारी गराऊदै जापानबासी नेपाली समुदायमा आधिकारिकताको बारेमा कुनै भ्रममा नपर्न र संस्थाको नाममा धाँदली पुर्ण निर्वाचनबाट आएकाहरुले कुनै गतिविधी गरेमा आ-आफ्नो ठाँऊबाट वैचारिक प्रहार गर्न समेत कार्यबाहक अध्यक्ष गुरुङले अनुरोध गर्नु भएको छ। कार्यक्रममा अध्यक्ष गुरुङले आफुहरु सत्यको पक्षमा रहेकोले सत्यको जीत नजिक पुगिसकेको धारणा समेत व्यक्त गर्नु भएको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -