यातायात व्यवस्था कार्यालय बुटवलले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा झण्डै ८ हजार जनालाई सवारीचालक अनुमतिपत्र वितरण गरेकाे छ । कार्यालयले मंसिर महिनासम्ममा ७ हजार ९ सय ४१ वटा नयाँ सवारी चालक अनुमति पत्र वितरण गरेकाे हाे ।
३० हजार भन्दा धेरै सवारी चालक अनुमति पत्र प्रिन्ट भएर विभागबाट आएको भए पनि सम्बन्धित व्याक्तिहरू लिन नआएकाे यातायात कार्यालय (लाइसेन्स) का प्रमुख तेजनारायण यादवले बताए ।
उनले लाइसेन्स आइसकेकाे भन्दै कार्यालयबाट फाेन गरेर सम्बन्धित व्यक्तिलाई बाेलाउने गरेकाे बताए । एक जना कर्मचारीलाई फाेन गरेर बाेलाउने काममा खटाएकाे र उनले दिनमा ५ सय जनालाई फाेन गर्ने गरेकाे यादवले बताए ।
‘३० हजार भन्दा धेरै प्रिन्ट भएर आएका छन्, हामीले यहाँबाट कल गरेर लिन आउने भनेका छौँ, दैनिक ५ सय जनालाई कल जान्छ’, उनले भने, ‘एक जना कर्मचारीकाे त फाेन गरेरै समय बित्छ ।’








































