Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
१०:४४:५२ बिहान
- ADVERTISEMENT -

माओवादी महाधिवेशन : प्रचण्डको दस्तावेजमाथि २५ समूहमा छलफल सुरु

प्रकाशित मिति: २०७८ पुस १३, मंगलबार

565
Shares

काठमाडौँ – नेकपा माओवादी केन्द्रको महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । माओवादीले प्रतिवेदनमाथि छलफलका लागि २५ वटा समूह बनाएको छ ।

यस्तै माओवादीको स्थायी कमिटी बैठक पनि बस्दैछ ।

कमलादीस्थित प्रज्ञा भवनमा सोमबारदेखि बन्दसत्र सुरु भएको हो । बन्दसत्रमा अध्यक्ष प्रचण्डले ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए ।

बन्दसत्रमा अध्यक्ष प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदा प्रस्तावमा छलफल गर्न प्रतिनिधिहरूलाई २५ वटा समूहमा विभाजन गरिएको अध्यक्षमण्डलका अध्यक्ष कृष्णबहादुर महराले जानकारी दिएका थिए । ‘समूह १’ मा ज्येष्ठ कम्युनिष्ट मञ्च रहेको छ । सो समूहलाई प्रज्ञा भवनको सभाको मुख्य भागमा छलफलको स्थान तोकिएको छ । त्यो समूहको समन्वयको जिम्मेवारी एनके प्रसाईँले पाएका छन् । समूह २ र ३ मा पार्टीका सल्लाहकार रहेका छन् । सो समूहलाई छलफलका लागि प्रज्ञा भवनको मुख्य मञ्चको दायाँबाँया तोकिएको छ । यो समूहको समन्वयको जिम्मेवारी नन्दकुमार थापालाई दिइएको छ ।

समूह ४ र ५ मा प्रदेश नं १ का प्रतिनिधि सहभागी छन् । प्रज्ञा भवन भानुभक्त हलमा छलफलको स्थान तोकिएको सो समूहको समन्वयको जिम्मेवारी प्रदेश नं १ का अध्यक्ष हर्क नेम्वाङले पाएका छन् । समूह ६ र ७ मा प्रदेश नं २ का प्रतिनिधिहरू सहभागी छन् । सो प्रज्ञा भवनको पारिजात हलमा छलफल गर्ने छन् । यो समूहको समन्वय गर्ने जिम्मेवारी गणेश साहले पाएका छन् ।

समूह ८ र ९ मा लुम्बीनी प्रदेशका प्रतिनिधिले प्रज्ञा भवनको सिद्धिचरण हलमा छलफल गर्नेछन् । यो समूहलाई संयोजन गर्ने जिम्मेवारी नेता चक्रपाणि खनालले पाएका छन् । समूह १० र ११ मा गण्डकी प्रदेशका प्रतिनिधि समेटिएका छन् । सो समूहको छलफल गर्ने स्थान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा रहेको छ र संयोजक गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ हुन् । समूह १२ प्रवास प्रदेशका प्रतिनिधि अटाएका छन् । सो समूहको समन्वय गर्ने जिम्मेवारीमा लक्ष्मण पन्त छन् ।

समूह १३ र १४ मा कर्णाली प्रदेशका प्रतिनिधि सहभागी छन् । सो समूहले एवान पार्टी प्यालेसमा छलफल गर्नेछ । संयोजनको जिम्मेवारी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पाएकी छन् । समूह १५ र १६ मा सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समेटिएका छन् । सो समूहले पनि एवान पार्टी प्यालेसमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता गुरुङको विधान मस्यौदामाथि आफ्नो सुझाव दिनेछन् । समन्वय गर्ने जिम्मेवारी खगराज भट्टले पाएका छन् । समूह १७ र १८ मा सम्पूर्ण विभागका प्रतिनिधि छन् । यो समूहले क्वालिटी बैक्वेक, बुद्धनगरमा छलफल गर्नेछ । समन्वय गर्ने जिम्मवारी नेता मायाप्रसाद शर्मालाई तोकिएको छ । समूह १९ मा उपत्यका विशेष प्रदेशका प्रतिनिधि छन् । उक्त समूहले क्वालिटी बैक्वेट, बुद्धनगरमा पार्टीको भूमिका र प्रतिवेदनमाथि छलफल गर्नेछ । समन्वय गर्ने जिम्मेवारीमा नेता जगत सिंखडा हुनुहुन्छ ।

समूह २० र २१ मा सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि समेटिएका छन् । छलफलको स्थान क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार रहेको छ । समन्वय गर्ने जिम्मेवारी नेता कृष्ण अधिकारीलाई दिइएको छ । समूह २२ र २३ मा बागमति प्रदेशका प्रतिनिधि छन् । छलफलको स्थान काठमाडौँ बैक्वेट, थापागाउँ रहेको छ । समन्वयको जिम्मेवारी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पाएका छन् । समूह २४ मा आयोगका सदस्यहरू छन् । समन्वय गर्ने जिम्मेवारी निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठलाई दिइएको छ ।

समूह २५ मा जनवर्गीय सङ्गठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरू, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरू सहभागी छन् । समूहको समन्वय गर्ने जिम्मेवारी नेत्री अमृता थापामगरले पाएकी छन् । माओवादीको विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटीका २९९ सदस्यीय रहने प्रस्ताव गरिएको छ । पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ । केन्द्रीय कमिटीमा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत, मुश्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । सबै समूहबाट ४० वर्ष मुनिका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको छ । केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने प्रस्ताव गरिएको छ । पदाधिकारी र सबै तहका कमिटीहरूमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ ।

केन्द्रीय सदस्यहरू सम्बन्धित प्रदेश वा विभागको समूहमा सहभागी भएर छलफल गर्ने छन् । सम्बन्धित समूहको बैठक बसेर समूह प्रमुख चयन गर्ने व्यवस्था गरिएको छ । मंगलबार दिनभर समूहगत छलफल हुनेछ । बुधबार बिहान ११ बजेदेखि समूह प्रमुखहरूले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -