Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४३:३६ बिहान
- ADVERTISEMENT -

प्रदेश राजधानी नहुँदैमा विकासमा फरक पर्दैन : गृहमन्त्री खाँण

प्रकाशित मिति: २०७८ पुस १०, शनिबार

602
Shares

बुटवल, १० पौष २०७८ । गृहमन्त्री बालकृष्ण खाँणले प्रदेश राजधानी नहुँदैमा बुटवलको विकासमा फरक नपर्ने बताएका छन् । बुटवलले विकासमा फड्को मारिसकेको र यो आफ्नै बलबुतामा सम्भव भएको भन्दै उनले राजधानी नरहने पनि लुम्बिनी प्रदेशको विकासको केन्द्र बुटवल नै हुने बताए ।

गौतमबुद्ध सामुदायीक स्वास्थ्य संस्थाको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै गृहमन्त्री खाँणले बुटवललाई अहिलेको अवस्थामा ल्याइपु¥याउन सबैको साझा प्रयास रहेको बताए । रुपन्देहीको विकासका लागि आफूले धेरै प्रयास गरे पनि जस भने लिन नपाएकोमा उनले दुःखेसो पोखे । ‘विकासका लागि मैले धेरै प्रयास गरे, तर जस लिन पाइन र लिने प्रयास पनि गरिन,’ उनले भने ।

गृहमन्त्री खाँणले मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको, प्रविधिको प्रयोग बढ्दै गएको पनि बताए । स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्रिए पनि न्युन आर्थिक अवस्था भएकाले यसको प्रयोग गर्न नसक्नु चुनौती बनेको बताए ।

सरकारी अस्पतालको व्यवस्थापन सुधार नहुँदा सर्वसाधारणले निजी अस्पतालमा महंगो उपचार सेवा लिनु परिरहेको भन्दै गृहमन्त्री खाँणले सरकारी अस्पतालको क्षमता विस्तारसँगै स्तरोन्नतीका लागि सरकारले काम गरिरहेको प्रष्टाए ।

उनले तिलोत्तमा नगरपालिकामा गौतमबुद्ध सामुदायिक अस्पतालको लागि प्रस्ताव गरिएको जग्गा हालसम्म पनि उपलब्ध हुन नसक्नु दुःखद रहेको उल्लेख गर्दै आफुले सरकारको तर्फबाट जग्गा उपलब्ध गराउन पहल गर्ने विश्वास दिलाए ।

अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले जग्गा उपलब्ध गराए दुई बर्षभित्र आठ सय बेडको सुबिधासम्पन्न अस्पताल निर्माण गर्न तयार रहेको बताए । रुपन्देही उद्योग संघको संरक्षकत्वमा १० पुस ०७० बाट संचालन गरेको अस्पतालले एक बर्षमा पिडी, इमर्जेन्सी र भर्ना गरी ४८ हजार सात सय २२ जनालाई उपचार सेवा उपलब्ध गराएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -