पौष ९ २०७८/काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा यहि पुसको अन्तिम साता भारत भ्रमणमा जाने भएका हुन् । उनी पुस २६ गते भारत भ्रमण जाने कुरा चलेपनि औपचारिक घोषणा भने भएको छैन ।
अर्को कार्यकालका लागि पार्टीको नेतृत्वमा निर्वाचित भएपछिको देउवाको यो पहिलो भ्रमण हो । फेरि पार्टी सभापतिमा निर्वाचित भएको र सरकारमा रहेकाले भारतमा देउवा आउनुलाई महत्वकासाथ हेरिएको छ ।


















