Opens in a new tab
२०८३ मंसिर १, सोमबार
१२:५९:०० राति
- ADVERTISEMENT -

बेलायतमा अझै घटेन सङ्क्रमण

प्रकाशित मिति: २०७८ पुस ७, बुधबार

432
Shares

लन्डन, बुधबार, ७ पौष २०७८ । बेलायतमा पछिल्लो समयमा कोरोना सङ्क्रमण अत्यधिक रूपमा बढेको छ । विगत केही दिनयता सङ्क्रमण दर महामारीयताकै उच्च रहँदै आएको छ । डिसेम्बर १७ मा एकै दिन सबैभन्दा बढी ९३ हजार जना सङ्क्रमित रहेकोमा केही दिनयता लगातार ९० हजार भन्दा बढी सङ्क्रमित हुने गरेका छन् । पछिल्लो २४ घण्टामा पनि थप ९० हजार ६२९ जना सङ्क्रमित भएका छन् भने अघिल्लो दिन ९१ हजार भन्दा बढी सङ्क्रमित भएका थिए । यससँगै बेलायतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड १४ लाख ५३ हजार १२१ पुगेको छ ।

इसाई धर्मावलम्बीहरूद्वारा मनाइने महत्त्वपूर्ण पर्व क्रिसमसको नजिकिँदै गर्दा ओमिक्रोन सङ्क्रमण तीव्र रूपमा फैलिएपछि विशेषगरी हस्पिटालिटी क्षेत्रका व्यवसायहरू होटल, रेष्टुरेन्ट तथा पबहरू बढी प्रभावित बनेका छन् । सङ्क्रमणका कारण सरकारले ठुला जमघटलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ । सङ्क्रमण नियन्त्रणका लागि लकडाउन गर्न सरकारलाई दबाब आएपनि हालसम्म कुनै ठोस निर्णय भइसकेको छैन ।

कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ का कारण संकटमा परेका व्यवसायका लागि बेलायत सरकारले आजैमात्र एक बिलियन पाउण्ड सहयोगको घोषणा गरेको छ । बेलायती अर्थमन्त्री ऋषि सुनाकले आज उक्त घोषणा गरेका हुन् । आउँदै गरेको क्रिसमसको समयमा हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित पब तथा रेष्टुरेन्ट जस्ता व्यवसायहरूमा पर्न गएको असरलाई मध्यनजर गर्दै सरकारले सो राहत प्याकेजको घोषणा गरेको हो । मनोरञ्जन तथा आतिथ्य क्षेत्रलगायत साना तथा मध्यम खालका व्यवसायलाई लक्षित गरि सो योजना ल्याइएको हो । यसै गरी थिएटर तथा म्युजियमको लागि थप ३० मिलियन पाउण्ड रकम छुट्याइएको पनि अर्थमन्त्री सुनाकले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -