काठमाडौँ, काठमाडौँको रत्नराज्यलक्ष्मी क्याम्पसका प्राध्यापक प्रकाश पुडासैनीमाथि कुटपिट भएको छ ।
मंगलबार कलेजमा चिट चोर्न नपाएको भन्दै शिक्षक पुडासैनीमाथि आक्रमण भएको आरआरका लेक्चर ऋषिकेश दाहालले जानकारी दिएका छन् । दाहालकाअनुसार शिक्षक पुडासैनीको टाउकोमा सात टाँका लगाइएको छ ।
“चिट चोर्न रोक्दा आरआर कलेजमा शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको छ । उहाँको टाउकोमा सात टाँका लगाउन परेको छ । यसभन्दा लज्जाको विषय के होला ? कस्तो शिक्षा दिइरहेका छौँ हामीले,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
चिट नचोर्न आग्रह गर्दा भएको विवादपछि कुटपिट भएको बताइएको छ ।








































