Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३८:३६ बिहान
- ADVERTISEMENT -

कांग्रेसको अबको सम्पूर्ण ध्यान चुनावमा : सहमहामन्त्री परियार

प्रकाशित मिति: २०७८ पुस ४, आइतबार

455
Shares

पोखरा, आइतबार, ४ पौष २०७८ । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले अबको सम्पूर्ण ध्यान स्थानीय तहको निर्वाचनमा हुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टीको महाधिवेशन सकिने चरणमा रहेकाले समिति पूर्ण बनेपछि चुनाव केन्द्रित निर्णय गर्ने स्पष्ट पारे ।

पार्टीमा निकै उत्साह आएको र त्यही उत्साहमार्फत आगामी निर्वाचनमार्फत नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने विश्वास व्यक्त गर्दै उनले काँग्रेसलाई ठूलो र बलियो पार्टी बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

महाधिवेशनमार्फत आएका परिवर्तनका कुराहरुलाई संस्थागत गरेर पार्टी अघि बढ्ने भन्दै परियारले पार्टीभित्र विचारको सैद्धान्तिक बहस गर्न आवश्यक रहेको बताए ।

एमसीसी नेपालका लगि ऋण नभइ अनुदान भएकाले मुलुकको हितमा रहेको उनले उल्लेख गरे । सम्झौता गर्दाका बखत नेपाल हित विपरित केही बुँदा समावेश भएको भए त्यसलाई हटाएर अघि बढाउनुपर्ने उनको भनाइ छ ।

आगामी निर्वाचनमा गठवन्धन दलहरुबीच तालमेल हुने नहुने विषयमा पार्टीभित्र छलफल हुने सहमहामन्त्री परियारले बताए ।

कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले अबको ध्यान पार्टीको संगठन र स्थानीय तहको चुनावमा केन्द्रित हुने बताए । उनले पार्टी कार्यालय प्रविधिमैत्री बनाउनेबारे पनि छलफल भइरहेको स्पष्ट पारे ।

उनले पार्टीको संगठन बलियो बनाउन र पाटीएलाई चलायमान बनाउन आफू र आफ्नो टीमको सम्पूर्ण ध्यान केन्दित हुने स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा प्रेस युनियनका सभापति नवीन सिग्देल, उपाध्यक्ष प्रकाशचन्द्र बराल र सचिव प्रदीप पौडेलले पनि बोलेका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -