काठमाडौँ, शनिबार, ३ पौष २०७८ । नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना जारी छ ।
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान ११ बजेदेखि खुला केन्द्रीय सदस्यमा मतगणना भइरहेको छ । काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् ।
खुल्ला केन्द्रीय सदस्यमा १५८९ मत गन्दा शशांक कोइरालाले १३१३ मत प्राप्त गरेका छन् ।
उनी शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहको गरि तीनवटै प्यानलमा थिए । १०२२ सहित एनपी साउदले दोस्रो मत प्राप्त गरेका छन् भने बालकृष्ण खाण ९७५ मतसहित तेश्रो स्थानमा रहेका छन् । त्यस्तै रमेश लेखक ९६९ मतसहित चौथो स्थानमा रहेका छन् ।
१५८९ मत गन्दा कसको मत कति ?










































