काठमाडौँ, शनिबार, ३ पौष २०७८ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमध्ये शनिबारदेखि केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना) को मतगणना जारी छ ।
मतगणना बिहान ११ बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । विभिन्न १२ वटा समूहमा मतगणना भइरहेको र हालसम्म करिब ११ सय मतगणना भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
११ सय गन्दा शिर्ष ३५ जनामध्ये कसको मत कति ?
शशांक कोइराला-८८२
बालकृष्ण खाँण-७९७
उदयशमशेर राणा -७५१
रमेश लेखक-७०३
दिलेन्द्रप्रसाद बडु-६८५
बलबहादुर केसी-६९८
मोहनबहादुर बस्नेत -६९१
ज्ञानेन्द्रबहादुर कार्की-६७८
गोपालमान श्रेष्ठ -६५७
एनपी साउद-६१३
दिनेश कोइराला -६१३
रामशरण महत-६०९
अर्जुननरसिङ केसी- ६०२
गुरु बराल-६०१
सुनिलबहादुर थापा-६००
कुन्दनराज काफ्ले-५९९
गणेश लामा-५८९
जिपछिरिङ लामा-५८८
रामहरि खतिवडा-५७८
गोविन्द भट्टराई -५६६
नैनसिंह महर-५१४
जीतजङ्ग बस्नेत-५१३
सुरेन्द्रराज पाण्डे-५०१
तारणीदत्त चटौत-४६७
त्रैलोक्यप्रताप सेन-४६५
लोकेश ढकाल-४५५
टेकराज पौडेल-४१३
मदन अमात्य-४०९
पद्यनारायण चौधरी-३९९
केदार कार्की-३९६
अजयबाबु सिवाकोटी- ३९२
मोहन आचार्य-३९०
शंकर भण्डारी-३८८
धावा गुरुङ-३८६
सुरेशचन्द्र चालिसे-३८२
खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । पार्टीका सबै पदाधिकारीको मतगणना शुक्रबार सम्पन्न भएको थियो ।
महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिनुभएको थियो । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् ।








































