Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०२:०८ बिहान
- ADVERTISEMENT -

जनआन्दोलनका घाइते मुकेशलाई छोएर विश्वप्रकाशले लिए महामन्त्रीको सपथ

प्रकाशित मिति: २०७८ पुस ३, शनिबार

469
Shares

काठमाडौं, शनिबार, ३ पौष २०७८ । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा जनआन्दोलनका घाइते बनेपाका मुकेश कायस्थलाई भेट्न पुगेका छन् ।

बिहीबार सम्पन्न कांग्रेसको मतगणनामा प्रकाशमान सिंह प्यानलका शर्मा महामन्त्रीमा विजयी भएका थिए । महामन्त्रीबा जिजयी भएका शर्मा शुक्रबार बनेपा पुगेका हुन् ।

कायस्थ आफू जस्ता राजनीतिकर्मीलाई जिम्मेवारी बुझ्न र बाटो नबिराउन झकझक्याउने अनुहार भएको उनले बताए।उनले मुकेशलाई छोएर आफूले महामन्त्रीको सपथ लिएको बताए ।

‘आज पुस २ गते महामन्त्री पदको जिम्मेवारी गहिरो अनुभुति गर्न र इमान्दार ढंगले कार्य गर्न म उनै मुकेश कायस्थ र उनलाई जन्म दिने मातापितालाई छोएर सपथ खान आएको आएको छु’ शर्माले भने ।

कांग्रेसका कसैले पनि द्वन्द्वमा प्रताडना भोगेकालाई बिर्सन नमिल्ने बताए । उनीहरु जस्तैका कारण देशमा गणतन्त्र आएको बताउँदै उनले आफूले छोएर सपथ लिने र द्वन्द्वको अवस्था देशमा कहिल्यै नआउने गरि राजनीतिमा सुधार गर्न आवश्यक रहेको बताए । ‘व्यवस्था ठिक छ, अवस्था सुधार गर्ने कुरामा हामी छौं’ उनले भने ।

जनआन्दोलनको क्रममा विसं २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि घाइते भएको मुकेश अझैसम्म पनि अचेत अवस्थामा छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -