Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४५:०४ बिहान
- ADVERTISEMENT -

केन्द्रीय सदस्यहरुको मतगणना शुरु

प्रकाशित मिति: २०७८ पुस २, शुक्रबार

505
Shares

काठमाडौं, शुक्रबार, २ पौष २०७८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारीहरुको मतगणना सकिएसँगै केन्द्रीय सदस्यहरुको मतगणना पनि थालिएको छ । गत सोमबारदेखि मतगणनाको क्रम चलिरहँदा आज सहमहामन्त्रीहरुको मतगणना सकिएसँगै केन्द्रीय सदस्यहरुको मतगणना थालिएको हो ।

केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार आज दुई समूहको मात्र मतगणना हुँदैछ । समय अभाव भन्दै आज थोरैमात्र उम्मेदवार रहेको प्रदेश २ को महिलातर्फको मतगणना भइरहेको छ ।

प्रदेश २ को खुलातर्फ आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध भइसकेका छन् । महिलातर्फ एक जनाको सिटका लागि दुई जनामात्र उम्मेदवार छन् । चित्रलेखा यादव र गीता चौधरीको मतगणना शुरु भएको हो ।

यसपछि आजै अल्पसंख्यकको मतगणना गर्नका लागि उम्मेदवारसँगै प्रतिनिधिहरुलाई बोलाइएको सचिव श्रेष्ठले बताए । अल्पसंख्यकतर्फ एक सिटका लागि पाँच जना मैदानमा रहेका छन् । जसमा ओमप्रकाश शर्मा (मारवाडी), टीकाराम सुब्बा लेप्चा, प्रदीपकुमार सुनुवार, प्रेमबहादुर छन्त्याल र हरिबहादुर घले हुन् ।

यसअघि आज चार समूहको मतगणना हुने केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिएका थिए । तर त्यो सम्भव नभएको सचिव श्रेष्ठले बताए । केसीले साँझदेखि मधेसी महिला, मधेसी खुला, मुस्लिम महिला र मुस्लिम खुलातर्फको गणना हुने बताएका थिए ।

मधेसी महिलातर्फ ४ सिटका लागि ५ जनाबीच भिडन्त भएको छ । किरण यादव, नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव रहेका छन् ।

त्यस्तै मधेसी खुलातर्फ ५ सिटका लागि २३ जनाबीच भिडन्त भएको छ ।

मुस्लिम महिलातर्फ १ सिटका लािग ६ जना मैदानमा छन् ।

मुस्लिम खुलाको २ सिटका लागि ७ जना मैदानमा छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -