Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०६:३० बिहान
- ADVERTISEMENT -

महामन्त्रीमा गगनकुमार थापाको जित सुनिश्चित, विश्वप्रकाश शर्माले मतान्तर बढाउँदै

प्रकाशित मिति: २०७८ पुस १, बिहीबार

565
Shares

काठमाडौं, नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापाको जित सुनिश्चित भएको छ ।

मतगणना अन्तिम चरणमा पुग्दा थापा अरुभन्दा फराकिलो अन्तरले अगाडि हुनुहुन्छ भने दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माले पनि मतान्तर बढाउँदै लैजानुभएको छ । ३१ सयभन्दा धेरै मतगणनामा थापाले २ हजार ३२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माको १ हजार २५५ मत छ ।

तेस्रो स्थानमा रहेका डा.प्रकाशशरण महतको १ हजार २४, प्रदीप पौडेलको ९३५, डा.मिनेन्द्र रिजालको ५४६ र डा.राजाराम कार्कीको ७५ मत छ । अग्रता लिइरहेका थापा डा. शेखर कोइराला समूहबाट र शर्मा प्रकाशमान सिंहको समूहबाट महामन्त्रीको उम्मेदवार हुनुहुन्छ ।

सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार हुनुहुन्छ । त्यसैगरी डा. कोइराला समूहबाट अर्का उम्मेदवार डा.मिनेन्द्र रिजाल र विमलेन्द्र निधिको समूहबाट डा. राजाराम कार्की महामन्त्रीका उम्मेदवार हुनुहुन्छ ।

कांग्रेसको विधानअनुसार महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना चयन हुनेछन् । सभापति र उपसभापतिको मतगणना सकिसकेको छ । सभापतिमा देउवा र उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित हुनुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -