काठमाडौं, १ पौष २०७८ । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।
कांग्रेस निर्वाचन समितिका अनुसार २८२० मत गन्दा थापाले १८४२ र विश्वप्रकाशले ११४७ मत ल्याएर अग्रता लिइरहेका छन् ।
२८२० मत गन्दा कसलाई कति ?
गगन थापा १८४२
विश्वप्रकाश शर्मा ११४७
डा प्रकाशशरण महत ९३५
प्रदीप पौडेल ८४२
डा मीनेन्द्र रिजाल ४८०
डा राजाराम कार्कीले ६७
महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ। महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ।
सभापति शेरबहादुर देउवाको प्यानलबाट डा प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा शेखर कोइरालाको तर्फबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्।
यस्तै, प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्।


















