Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
९:२०:३१ बिहान
- ADVERTISEMENT -

कांग्रेस महाधिवेशन : उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

प्रकाशित मिति: २०७८ पुस १, बिहीबार

476
Shares

काठमाडौं, १ पुस २०७८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ ।

उपसभापतिका ७ उम्मेदवारमध्ये खड्काले २ हजार १२१ र गुरुङले १ हजार ९०८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उपसभापतिका अर्का उम्मेदवार विजयकुमार गच्छदारले १ हजार ९०६ मत प्राप्त गर्नुभयो ।

बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका निर्वाचन समितिले घोषणा गरेको छ । देउवा पक्षका उम्मेदवार गच्छदार दुई मतान्तरले पराजित हुनुभयो ।

यस्तै उपसभापतिका अर्का उम्मेदवार चन्द्र भण्डारीले १ हजार ५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् ।

सोमबार भएको मतदानमा उपसभापति पदका लागि ४ हजार ६ सय ८९ मत खसेको थियो ।

सभापतिमा शेरबहादुर देउवा निर्वाचित भैसक्नुभएको छ । महामन्त्री पदको मतगणना बिहीबार बिहान हुने निर्वाचन समितिले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -