काठमाडौं, बुधबार, २९ मङ्सिर २०७८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणना जारी छ । सात जना प्रतिस्पर्धीहरु भिडन्तमा रहेकामा दुई जना निर्वाचित हुनेछन् ।
१४ सय मत गन्दा धनराज गुरुङले ५८८ मत ल्याएका छन् । पूर्णबहादुर खड्काले ५४४ मत ल्याएका छन् ।
डा. चन्द्र भण्डारीले ५०१ मत ल्याएका छन् ।
विजयकुमार गच्छदारले ५०० मत ल्याएका छन् ।
सुजाता कोइरालाले १३८ मत ल्याएकी छिन् ।








































