काठमाडौं, बुधबार, २९ मङ्सिर २०७८ । उप-सभापति मतगणना कडा टक्कर परेको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् ।
१२०० मत गन्दा धनराज गुरुङले ५०२ र पूर्णबहादुर खड्काले ४९० मत पाएका छन् ।
त्यस्तै विजयकुमार गच्छदारले ४८५ र चन्द्र भण्डारीले ४५० मत पाएका छन् । कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुन्छन् ।








































