काठमाडौं, बुधबार, २९ मङ्सिर २०७८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् ।
पछिल्लो मत परिणाम अनुसार पूर्णबहादुर खड्काले ३९५ र धनराज गुरुङले ३९२ मत पाएका छन् ।
त्यस्तै विजयकुमार गच्छदारले ३५५ र चन्द्र भण्डारीले ३५१ मत पाएका छन् ।
कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुन्छन् ।








































