Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४४:२१ बिहान
- ADVERTISEMENT -

पदाधिकारी र केन्द्रीय सदस्य मतगणना : निर्वाचन समिति बैठक जारी

प्रकाशित मिति: २०७८ मंसिर २९, बुधबार

538
Shares

काठमाडौँ, बुधबार, २९ मङ्सिर २०७८ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको मतगणनाको तयारी भइराखेको छ । निर्वाचन समिति सदस्य अधिवक्ता जगन्नाथ श्रेष्ठका अनुसार अहिले बैठक चलिरहेको छ ।

पार्टीका नेतासहितको बैठक जारी रहेको र बैठकले मतगणनाको प्रक्रिया अगाडि बढाउने विषयमा छलफल गरेको श्रेष्ठको भनाइ छ ।

पार्टी सभापतिका लागि दोस्रो चरणमा भएको मतदानबाट शेरबहादुर देउवा निर्वाचित भइसक्नुभएको छ । सभापतिको मतपरिणाम सार्वजनिक भए पनि पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना हुन बाँकी छ ।

मतगणनाको आचारसंहितालगायत विषयमा अहिले छलफल जारी छ । त्यसपछि मतगणनाको विषयमा निर्णय हुने श्रेष्ठले बताउनुभयो ।

नेपाली काँग्रेसको पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदैछ । मतदान लगत्तै पदाधिकारी र केन्द्रीय सदस्यको मतपेटिका पार्टी केन्द्रीय कार्यालयमा लगिएको थियो ।

पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउन नसकेपछि मङ्गलबार दिउँसोदेखि बढी मत पाउने शेरबहादुर देउवा र डा. शेखरप्रसाद कोइरालाबीच दोस्रो चरणको मतदान भएको थियो ।

दोस्रो चरणको मतदानमा देउवा सभापति निर्वाचित हुनुभएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -