काठमाडौँ, मंगलबार, २८ मङ्सिर २०७८ । नेपाली काँग्रेसको सभापति चयनका लागि जारी मतदान अन्तिम चरणमा पुगेको छ । निर्वाचन समितिका अनुसार मंगलबार राति पौने ९ बजेसम्म करिब ४ हजार ४०० मत खसेको छ भने अब साढे ३०० भन्दा कम मत खस्न बाँकी रहेको छ ।
राष्ट्रियसभा गृहमा जारी मतदान ९ बनेसम्म तोकिएको छ । काँग्रेसमा कुल मतदाता ४ हजार ७४३ जना भएपछि मत कम खस्ने आँकलन गरिएको छ । विदेशस्थित जनसम्पर्क समितिबाट आएका कतिपय प्रतिनिधि स्वदेश फर्किसकेको तथा यहीँका प्रतिनिधि पनि दोहोर्याएर मत खसाल्न नगएकाले मत कम खस्ने देखिएको एक काँग्रेस नेताले बताउनु भयो ।
सोमबार भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेकामा सो भन्दा कम खस्न सक्ने बताइएको छ । काँग्रेसको नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा छन्








































