Opens in a new tab
२०८३ मंसिर १, सोमबार
५:३५:३० बिहान
- ADVERTISEMENT -

यी हुन् कांग्रेस महामन्त्रीमा टिक्न नसकेका नेता

प्रकाशित मिति: २०७८ मंसिर २६, आइतबार

483
Shares

काठमाडौं, २६ मङ्सिर २०७८ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केही नेताले आफ्नो उम्मेदवारी महामन्त्री पदमा भन्दै महाधिवेशन उद्घाटन अघि देखि दाबी गर्दै आएका थिए । तर, अन्तिम समयमा भने उनीहरु महामन्त्रीबाट सहमहामन्त्रीमा होइन सिधै केन्द्रीय सदस्य पदमा झरे ।

खासगरी संस्थापन पक्षबाट महामन्त्रीमा धेरैको आकांक्षा थियो । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाका विश्वासपात्रसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले महामन्त्रीमा बलियो दाबेदारी प्रस्तुत गर्दै आएका थिए । त्यसैगरी अहिलेका सहमहामन्त्री प्रकाशशरण महतको पनि दाबी थियो । प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एनपी साउद, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की पनि आकांक्षी थिए ।

सबै नेताले आफू महामन्त्रीको दाबेदार भन्दै प्रचार गरिरहेका थिए । प्रचार प्रसारमा एनपी साउद अग्रपंक्तिमा थिए । उनी सम्पर्क कार्यालय खोलेरै प्रचारमा लागेका थिए । तर, देउवा समूहबाट प्रकाशशरणले बाजी मारे । विश्वप्रकाशले देउवा प्यानलबाट ठाउँ नपाएपछि सभापतिमा उम्मेदवारी दिएका प्रकाशमान सिंह समूहबाट महामन्त्रीको उम्मेदवार बनेका छन्। अरु आकांक्षी भने अससन्तुष्ट हुँदै केन्द्रीय सदस्यमा झरेर चित्त बुझाउन बाध्य भएका छन् ।

अर्कोतिर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट गगन थापा, डा. मिनेन्द्र रिजाल, धनराज गुरुङ, चन्द्र भण्डारी र दीपक गिरीले महामन्त्रीमा दाबी गरेका थिए । थापा र रिजालले सभापतिका उम्मेदवार शेखर कोइरालाको टिमबाट बाजी मारेका छन् । धनराज र चन्द्र उपसभापतिमा उक्लिएका छन् ।

कृष्ण सिटौला समूहबाट महामन्त्रीका दाबेदार प्रदीप पौडेल भने सबैलाई आश्चर्यमा पार्दै देउवा टिमको संयुक्त उम्मेदवार बनेका छन् । देउवा टिमका सिनियरलाई उछिन्दै प्रदीप संस्थापनको महामन्त्री बन्न सफल भएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -