Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०७:०० बिहान
- ADVERTISEMENT -

सभापतिपछिको तीव्र प्रतिस्पर्धा महामन्त्री

प्रकाशित मिति: २०७८ मंसिर २६, आइतबार

634
Shares

काठमाडौँ, २६ मङ्सिर २०७८ । कांग्रेसमा सभापतिपछिको तीव्र प्रतिस्पर्धा महामन्त्रीमा हुने भएको छ । महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा विद्यार्थीबाट राजनीतिमा प्रवेश गरेकाको बाहुल्य छ । कुनै बेला एउटै टिममा रहेका उनीहरू अहिले प्रतिस्पर्धीका रूपमा खडा भएका छन् ।

महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला समूहबाट मीनेन्द्र रिजाल र गगनकुमार थापा, प्रकाशमान सिंहको समूहबाट विश्वप्रकाश शर्मा र निधिको समूहबाट राजाराम कार्कीबीच प्रतिस्पर्धा हुँदै छ । शर्मा, थापा र पौडेलले कांग्रेसमा तेस्रो पुस्ताको प्रतिनिधित्व गर्छन् । थापा र पौडेल केही समयसम्म सिटौला समूहमा सँगै थिए । सिटौला समूहबाट थापा अलग्गिएपछि पौडेलले मौका पाएका हुन् । थापाले आफूलाई छाडेकामा सिटौला असन्तुष्ट छन् ।

शर्मा देउवासँगै थिए । देउवाले युवा अनुहार देखाउनकै लागि उनलाई पार्टीको प्रवक्ता बनाएका थिए । गृहजिल्ला झापाको राजनीतिमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको सेपमा परेका शर्मा केन्द्रीय कार्यासमितिमा प्रवेश गरेसँगै उनको उचाइ बढेको थियो । नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका उनले झापाको राजनीतिमा लामो समय बिताए । नेविसंघको अध्यक्ष, जिल्ला पार्टी सभापति हुँदै १३ औं अधिवेशनमा पार्टीको केन्द्रीय सदस्य जितेका थिए । गत संसदीय निर्वाचनमा झापाबाट पराजित भएपछि उनले केन्द्रीय राजनीतिमा सक्रियता बढाएका थिए ।

सभापति देउवाले प्रवक्ता बनाए पनि त्यहाँ आफ्नो स्थान नदेखेपछि उनी अलग भएका हुन् । उनी अध्यक्षका उम्मेदवार प्रकाशमान सिंहको समूहमा जोडिएका छन् । सुरुमा अध्यक्षका उम्मेदवार विमलेन्द्र निधिको समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने कसरत भएको उनीनिकटहरू बताउँछन् । उम्मेदवारी तय गर्ने क्रममा कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने चर्चा चले पनि सार्थक हुन सकेन । उनले सिंहको समूहमा जोडिएर उम्मेदवारी दिएका छन् ।

महाधिवेशन प्रतिनिधिले उनीहरूलाई जिताउन खोजे पनि महामन्त्रीको दुई सिटमा तीन युवा नेता अटाउँदैन्न् । त्यसैले ६ जनामध्ये क–कसले जित्लान् ? युवा नेताहरूको स्थान के होला ? चासोको विषय बनेको छ । कान्तिपुरबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -