काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा रसुवाका सांसद मोहन आचार्यले उम्मेद्वारी दिने भएका छन्।
सांसद आचार्यले एक कार्यक्रमका बीच केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन्। घोषणा सभामा उनले नेपाली कांग्रेसमार्फत आम नेपालीको जीवनस्तर उकास्नका साथै स्वरोजगारमूलक अभियान सञ्चालन गर्नका लागि केन्द्रीय सदस्य पदमा उम्मेद्वार दिन लागेको बताए।
कांग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिको सदस्यसमेत रहेका आचार्य रसुवामा निर्वाचित भएसँगै ‘समृद्ध रसुवा’ निर्माण अभियान शुरु गरेका थिए।
विसं २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रसुवाबाट निर्वाचित सांसद आचार्य सभापति शेरबहादुर देउवा निकट नेता हुन्।








































