Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१८:४८ बिहान
- ADVERTISEMENT -

एसियाली युथ पारा टोली फर्कियो

प्रकाशित मिति: २०७८ मंसिर २२, बुधबार

953
Shares

काठमाडौं । बहराइनको मानामामा सम्पन्न एसियाली युथ पारा गेम्समा पदक जित्न सफल तेक्वान्दो खेलाडी नेपाल फर्किएका छन् । नेपालबाट दुई खेलका चार खेलाडीले गेम्समा प्रतिस्पर्धा गरेका थिए । तेक्वान्दोका तीन र ब्याडमिन्टनका एक गरी चार खेलाडीले सहभागिता जनाएका थिए ।

त्यसमा तेक्वान्दोले समान १–१ स्वर्ण, रजत र कांस्य जित्न सफल भएको थियो । टोकियो पारा ओलम्पियन पलेशा गोबद्र्धनले स्वर्ण, सिर्जना घिसिङले रजत र विशाल गर्बुजाले कांस्य जितेका थिए ।

ब्याडमिन्टनका एक्लो सहभागी प्रकाश अधिकारी पनि पदकनजिक पुगेका थिए । उनले क्वाटरफाइनल यात्रा तय गरेका थिए । क्वाटरफाइनलमा प्रकाश दक्षिण कोरियाका खेलाडीसँग पराजित भएपछि पदकबाट चुके ।

पारा तेक्वान्दो प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल- २ प्रशिक्षक कविराज नेगी लामा र टोली नेतामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य नन्दा बस्याल गेम्समा सहभागी थिए ।

स्वागत कार्यक्रममा पलेशाले टोकियो पारा ओलम्पिकको सहभागिता र तयारीको अनुभवले युथ पारा गेम्समा पदक जित्न ठूलो सहयोग गरेको बताउदै सहयोगी सबैप्रति अभार प्रकट गर्दै धन्यवाद दिइन् ।

टोलीलाई राखेपका सदस्य एकेन्द्र कुँवर, नेपाल तेक्वान्दोका संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, उपाध्यक्ष सुभाष श्रेष्ठ, ओलम्पियन दीपक विष्ट, परिवारजन, खेलाडीलगायतले स्वागत गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -