गोरखा, २० मङ्सिर २०७८ । नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्यमा बिरबल ढकाल निर्बाचित भएका छन् । गण्डकी प्रदेश सदस्यमा अत्याधिक मतका साथ बिजयी हुनु भएको हो । उनी गोरखा क्षेत्र न १ आरुघाट मान्बुका हुन् ।
आरुघाट काठमाडौं सम्पर्क समितिका अध्यक्ष बिरबल ढकाल सभापति सभापति शुक्रराज शर्मा भन्दा पनि बढि मत ल्याएर सबै भन्दा बढि मत ल्याउनेमा तेस्रो स्थानमा पर्छन । सभापतिमा शुक्रराज शर्माले ६१२ मत पाएका थिए भने सदस्य बिरबल ढकालले ७२५ मत पाएका थिए ।
अधिवेशनबाट गोरखाका ७ जनाले प्रदेश सदस्य पदमा विजय हासिल गरेका छन् । सदस्यमा उम्मेदवार बनेका १२ जना मध्ये ७ जनाले जित हासिल गरेका हुन । सदस्यमा प्रकाशचन्द्र दवाडी ५२७, पूर्णबहादुर दाहाल ५५८ मत ल्याएर चुनाव जितेका छन् ।
त्यस्तै जानुका पन्त ६११, शोभा अधिकारी ६०३ र बिनाकुमारी श्रेष्ठ ५५१ मत सहित बिजयी भएका छन् । सदस्य पदमा जित हासिल गर्ने सबै नेता समेत पाैडेल समुहबाट उम्मेदवार बनेका थिए ।
त्यस्तै देउवा समुहबाट पदाधिकारीसहित उम्मेदवार बनेका ७ जना र एक जना बागी गरी ८ जनाले भने पराजय भाेग्नु परेकाे छ ।








































