काठमाडौँ, नेपाली काँग्रेस गण्डकीको प्रदेश सदस्यमा सांसद प्रकाशचन्द्र दवाडी विजयी हुनु भएको छ ।
विस २०७४ मंसीरमा सम्पन्न प्रदेश सभा निर्वाचमा काँग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख) बाट निर्वाचित सांसद दवाडी पार्टीको प्रदेश अधिवेशनमा लोकप्रिय मतका साथ विजयी हुनुभएको हो । उहाँले ५१७ मत प्राप्त गर्नुभएको छ ।
गण्डकी प्रदेशका सांसद दवाडीले सांसदले पाउने सेवा सुविधासमेत जनताको सेवामा लगाउँदै आउनु भएको छ । मेरो राजनीति तपाईँकै सेवाका लागि, मेरो राजनीति समाजको सेवाका लागि भन्ने मूल नाराका साथ अगाडि बढ्नुभएका सांसद दवाडीले गोरखाको विकास निर्माणमा थुप्रै काम गर्नुभएको छ ।








































