Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
५:१३:१५ बेलुका
- ADVERTISEMENT -

शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता

प्रकाशित मिति: २०७८ मंसिर १९, आइतबार

478
Shares

पोखरा । शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको राजनीतिक नेतृत्वमा छन् । विपी कोइरालादेखि गणेशमान सिंहको आन्दोलनमा उनी कमाण्डर भएर काम गरे ।

२०४२ सालको सत्याग्रह र २०४७ सालको जनआन्दोलनको कास्की कमाण्डर उनै शुक्रराज थिए । पटक पटक जेल परेर पनि थाकेनन् उनी । जीवनको उत्तरार्धसम्मको निरन्तर सक्रियताकै कमाई भन्नुपर्छ, शर्मा अहिले गण्डकी प्रदेशको सभापतिमा निर्वाचित भएका छन् ।

शर्मा संसदीय निर्वाचनमा भने सधै पराजित नेता हुन् । पार्टीभित्रको चुनाव उनका लागि कहिलै अफाप भएन । २०४८ र २०५१  को चुनावमा कास्की ३ बाट टिकट पाए पनि जितेनन् । २०५६ सालमा कांग्रेसले कास्की क्लिन स्विप गर्दा उनी उम्मेद्वार बन्न पाएनन् । त्यसपछि पार्टीभित्रकै राजनीतिमा हराए । शुक्रराजलाई २०७४ को निर्वाचनमा पुनः कास्की ३ बाटै टिकट दिइयो । नेपालीमा उखान छ, ‘भुतले खाजा खाने बेला पर्‍यो’ भन्नेः शुक्रराज उस्तै भए । कम्युनिस्टहरु एक भएको बेला पाएको टिकट उनका लागि बरदान बन्ने सम्भावना थिएन ।


त्यसो त, कास्कीमा कांग्रेस यसै पनि कमजोर मानिन्छ । २०२० सालमा एसएलसी पास गरेका शुक्रराज पर्वतको देउपुर पुगेर स्कुल खोले । त्यहीँ उनले केही समय पढाए । ८ वर्षकै उमेरमा बाबु गुमाएपछि ‘टुहुरे’ शब्दबाट हेपिएका उनी त्यसैलाई बदलाको शुत्र बनाए । २०२३ सालमा गण्डकी छात्र संघको सदस्य बनेर उनको राजनीतिक जीवन सुरु भयो । पन्चायती चुनावका बेलामा पनि उनी पटक पटक उम्मेद्वार बनेर पराजित नेता हुन् । विपी कोइरालाले क्रान्तिको तयारी गर्दै गर्दा शर्मा विपीलाई भेट्न बनारस पुगेका थिए ।

विपीले दिएका प्रचार सामग्री बोकेर नेपाल आउने र जिल्ला जिल्लामा बाँड्ने काम शुक्रराजको हुन्थ्यो । ‘वीपीकै हातबाट तरुण दलको सदस्या लिएँ । मनमा बडो आनन्द आयो,’ उनले भने, ‘त्यसपछि मैले क्रान्तिको प्रचारप्रसारमा नजिक भएर काम गरें । प्रचा बोकेर नेपालका ठाउँठाउँमा पुर्‍याएँ ।’ शर्मा टिमुरबोटे काण्डका बेला हाल एमाले अध्यक्ष केपी ओलीसँगै तीनवर्ष जेलमा परेका थिए ।

विपीका अनुयायी शर्मा, गाउँको विकासलाई प्रमुख समाजवाद मान्छन् । भन्छन्, ‘गाउँमा बाटो राम्रो छैन । पानी लिन घण्टौं लगाएर जानुपर्छ । विजुली र सन्चार खासै चल्दैन । नेपालको विकास गर्न गाउँ हेर्नुपर्छ ।’ शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर राज्यले लगानी गर्नुपर्ने उनको भनाइ छ ।

पहिलो पटक कांग्रेसले संघीय संरचनाअनुसार निर्वाचन सम्पन्न गर्दै छ । गण्डकीको अधिवेशन सुरु हुँदासम्म यहाँ उम्मेद्वारको टुंगो थिएन । संस्थापन पक्षले अर्जुन जोशीलाई टिकट दिएर प्यानल बनाउँदै थियो । संस्थापन इतरबाट ५ जना आकांक्षी थिए । आफ्नो पक्षका आकांक्षीलाई बोल्न नदिएको भन्दै उनै ५ जनाले उद्घाटन शत्रमा हंगामा पनि गरे ।

मनोनयनको अघिल्लो रात मुश्किलले शुक्रराजलाई पौडेल पक्षले टिकट दियो । उनी अधिवेशनको केही दिनअघिसम्म सभापति शेरबहादुर देउवासँग जोडिएका खबरहरु थियो । सम्भवतः गण्डकीमा संस्थापन पक्ष कमजोर भएर होला, उनले जिल्ला अधिवेशनपछि त्यो हल्लाहरु चटक्कै छोडेर स्वतन्त्रजस्तो बने ।

‘मैले उम्मेद्वारी दिइसकें । चुनाव हारे पनि लड्छु, जिते पनि लड्छु भनेर शुक्रराजजीले भन्नुभयो । अब नछोड्ने पक्का भएपछि अरुलाई फकाएर शर्मालाई टिकट दिइएको हो,’ पौडेल पक्षका एक नेताले भने, ‘उहाँको जिद्धिपनले नै टिकट पाउनुभयो ।’

देउवा प्यानलबाट पनि उनले टिकट पाउने हल्ला थियो । ५ आकांक्षीबाट सिंगल उम्मेद्वार बनेपछि शर्मालाई अरुले सहयोग गर्दैनन् भन्ने आंकलन थियो । अरु आकांक्षीले कति सहयोग गरे त्यो भन्ने ठाउँ छैन, तर शर्माले चुनाव जितिछाडे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -