Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
७:०७:३१ बिहान
- ADVERTISEMENT -

‘ओमिक्रोन’ भाइरसको त्रासले कोरोना खोपप्रति आकर्षित

प्रकाशित मिति: २०७८ मंसिर १९, आइतबार

330
Shares

महोत्तरी । कोभिड–१९ को नयाँ भेरियन्ट ओमीक्रोन भाइरसको त्रास बढ्न थालेपछि महोत्तरीका सर्वसाधारणले कोरोना खोपप्रति चासो बढाएका छन् ।

खोप अभियान सुरु हुँदा कोरोना खोप लगाउन उपस्थित नै नहुने सर्वसाधारणले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि तीव्र चासो बढाएका हुन् ।

खोप लगाएर रोगबाट बच्न सकिन्छ भन्ने अविश्वासकै कारण महोत्तरीमा चलाइएको विभिन्न खोप अभियानमा सर्वसाधारणको उत्साहजनक उपस्थिति देखिएको थिएन । तर, पछिल्लो समय खोप प्रतिको आकर्षण बढेको हो ।

कतिपय धार्मिक र सांस्कृतिक मान्यताका कारण पनि महोत्तरीमा चलाइएका छैठौँ खोप अभियानसम्म आइपुग्दा ५० प्रतिशत जनसंख्याले कोरोना खोप लगाएका छैनन् ।

“खेतीपातीमा काम गर्दागर्दै कोरोना खोप लगाउन जान नै पाइएन । अहिले फेरि यहीँ कोरोनाको नयाँ भेरियन्ट आएको छ रे ? अब जसरी पनि लगाउँछु,” महोत्तरी जलेश्वरका राम नरेशले भने ।

राम नरेश जस्तै यो पटक खोप अभियानमा जसरी पनि सहभागी हुने बर्दिबास–३ का कृष्ण खत्रीको योजना छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमीक्रोन भाइरसको चर्चा र केही देशले लकडाउन नै गरेपछि खत्रीले अहिले डर लागिरहेको बताए ।

कोरोना भाइरसको नियन्त्रण र यसबाट बच्नका लागि खोप लगाउनुपर्ने एक मात्र विकल्प हुँदाहुँदै जनचेतनाको अभावले अझै महोत्तरीका मुसहर, डुम तथा मुस्लिम समुदायले खोपलाई सहर्ष स्विकार्न सकेका छैनन् ।

खोप लगाइसकेपछि ज्वरो आउने, दीर्घरोग भए त्यसलाई टेवा पुग्ने र मृत्युसम्म हुने गलत अफवाहले सबै उमेर समूहका सर्वसाधारण अझै दुविधामा छन् ।

महोत्तरीमा चलाइएका सबै खोप केन्द्रमा सर्वसाधारणको चासो र सहभागिता न्यून देखिएता पनि ओमीक्रोन भाइरस चर्चा हुन थालेपछि खोपको विषयमा आफै चासो देखाइरहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म २ लाख ४८ हजार २ सय ९ जनाले कोरोना खोप लिएका छन् । यो संख्या कूल जनसंख्याको झण्डै ५२ प्रतिशत हुन आउँछ । अझै महोत्तरीमा ४८ प्रतिशत जनसंख्या खोप लगाउनबाट विमुख बनिरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -