Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
५:२१:५६ बेलुका
- ADVERTISEMENT -

युवा नेता तथा उद्यमी राजेन्द्र बजगाइँद्वारा केन्द्रीय सदस्यमा उमेदवारी

प्रकाशित मिति: २०७८ मंसिर १६, बिहीबार

627
Shares

काठमाडौं, कांग्रेसका युवा नेता तथा उद्यमी राजेन्द्र बजगाइँले कांग्रेसका आगामी महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका छन् ।

उनले ‘विकासका निम्ति राजनीति’ भन्ने नारा अघि सार्दै केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका हुन ।

उनी करिब तीन दशकदेखि पर्यटन क्षेत्रमा क्रियाशील छन् । उनले १३ औं महाधिवेशनमा पनि उमेदवारी घोषणा गरेका थिए ।

त्यसबेला कुनै प्यानलमा नरहेका बजगाइँ अहिले सभापति शेरबहादुर देउवाइतरको प्यानलमार्फत उमेदवारीको तयारीमा छन् ।

महाधिवेशन प्रतिनिधिमा लगातार तीनपटक गोरखाबाट प्रतिनिधित्व गरेका बजगाइँलवे २०७४ सालको प्रदेशसभा निर्वाचनमा पनि गोरखा १(२) बाट उमेदवारी दिएका थिए ।
निर्वाचनमा पराजित भए पनि आफू लगातार कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताए ।

उनले पार्टीमा सभापति बलियो हुनुपर्ने तर्क अघि सारेका छन् । “सभापतिलाई कमजोर बनाउँदा पार्टी पनि कमजोर हुने अवस्था आउन सक्छ,” उनले भने, “त्यसैले विधान परिवर्तन गरेर भए पनि पार्टीमा सभापति बलियो हुनुपर्छ । तर सभापतिले गुट चलाउन हुँदैन । काखा र पाखा गर्न हुँदैन ।”

उनले पार्टीमा शक्ति सन्तुलन खलबलिने डर रहेको पनि बताए ।

“पार्टीमा शक्तिसन्तुलन खलबलिने डर हुन थालेको छ र यसको रोकथाम हुनेगरी विभागलाई बलियो बनाउनुपर्छ,” उनले भने ।
उनले विद्यालयमा राजनीतिको हद तोकिनुपर्ने, युवा वर्गलाई देशभित्रै रहने अवसर प्रत्याभूति हुनुपर्नेलगायतका एजेन्डा अघि सारेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -