Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:५२:०८ बिहान
- ADVERTISEMENT -

१० सचिवको सरुवा,हेर्नुहोस् को कहाँ ?

प्रकाशित मिति: २०७८ मंसिर १३, सोमबार

446
Shares

काठमाडौँ, सोमबार, १३ मङ्सिर २०७८ । सरकारले १० जना सचिवको सरुवा गरेको छ ।

प्रशासन सिंहदरवार उच्च स्रोतका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा हुनु भएको छ भने सामान्य प्रशासनमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारी आउनु भएको छ ।

त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाको शिक्षा मन्त्रालयमा सरुवा हुनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपाने पर्यटनमा पठाइएका छन् । सहरी मन्त्रालयका विवादित सचिव रमेश सिंहलाई (अतिरिक्त) जगेडामा राखेर ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई सहरी विकास मन्त्रालयमा ल्याइएको छ । प्राविधिक क्षेत्रको राम्रो अनुभव सम्हालेका सचिव गेलाल पनि काम गर्ने सचिवका रुपमा चिनिन्छन् ।

त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र शिक्षा विज्ञान तथा प्रविधि(शिक्षा) सचिव राम प्रसाद थपलियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ ।

वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोग र प्रधानमन्त्री कार्यालयका सचिव भरतमणि सुवेदीलाई वित्त आयोगमा पठाइएको छ ।

निर्णायक क्षमतामा अब्बल र प्रष्ट स्वभावका सामान्य सचिव अर्यालले पछिल्लो समय मन्त्रालयको नीतिगत विषयमा उल्लेख्य सुधार गर्दै प्रशासनलाई सिष्टमेटिक बनाउने प्रयास गरेका छन् ।

यस्तै, निर्वाचनबाट सरुवा भएका भद्र र शालीन स्वभावका अधिकारीसँग यसअघि पनि सामान्य प्रशासनको राम्रो अनुभव छ । यसैगरी पर्यटनबाट शिक्षामा सरुवा भएका हक्की स्वभावका कोइराला निजामती प्रशासनमा इमानदार र खरो प्रशासकका रूपमा चिनिन्छन् ।

यी तीनै जना गृहका क्याडर हुन् ।

सरुवा भएका सचिवहरुले भोली मात्रै सरुवा पत्र बुझ्ने छन् । त्यसको एक दुई दिनपछि मन्त्रालयमा हाजिर गर्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -