Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३१:०१ दिउँसो
- ADVERTISEMENT -

जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी

प्रकाशित मिति: २०७८ मंसिर १३, सोमबार

548
Shares

काठमाण्डाै, जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी भएको छ । सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री फुमियो किशिदाले आज सोमवार जानकारी दिनुभयो । अफ्रिकी देशहरूमा कोरोना भाइरसको नयाँ संस्करणको रूपमा देखिएको ‘ओमिक्रोन’ को महामारी आफ्नो देशभित्र प्रवेश नगरोस् भन्ने उद्देश्यले विदेशबाट आउनेहरूलाई जापान प्रवेशमा निषेध गर्न लागिएको हो ।

‘हामीले चाँडै नै विदेशबाट आउनेहरूलाई देश प्रवेशमा रोक लगाउनेछौँ, त्यो कुनै देश विशेषका लागि मात्रै नभएर विश्वभरिका कुनै पनि देशबाट आउनेहरूलाई रोक लगाउन लागिएको हो’, प्रधानमन्त्री किशिदाले भन्नुभयो । उहाँले नोभेम्बर ३० तारिखदेखि प्रतिबन्धात्मक यो व्यवस्था लागू हुने पनि जानकारी दिनुभयो । जापानमा यसअघि पनि महामारीलाई न्यूनीकरण गर्न भन्दै धेरैजसाे नाका बन्द गरिएको थियो भने विदेशबाट आउनेहरूलाई परीक्षणमा कडाइ गरिएको थियो ।

तर गएकाे नोभेम्बरको सुरुदेखि विदेशबाट आउनेहरूलाई प्रवेशमा खुकुलो बनाइएको थियो । नयाँ खुकुलो व्यवस्थाका आधारमा व्यवसायी, विदेशी विद्यार्थी र जापानको भिसा भएकाहरूलाई प्रवेश गर्न दिइएको थियो । टोकियोले गएकाे शुक्रवार नै अफ्रिकी ६ देशबाट जापान आउनेहरूलाई कम्तीमा १० दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने व्यवस्था गरेको थियो ।

यस्तो नियम अन्य देशबाट आउनेहरूलाई पनि बढाउँदै लगिने प्रधानमन्त्री किशिदाले जानकारी दिनुभयो । ‘’कोरोना भाइरसको महामारीविरुद्ध जापान सधैँ कठोर रूपमा उभिएकै हो, अहिले ओमिक्रोनविरुद्ध पनि उत्तिकै कडा रूपमा उभिने छ, प्रधानमन्त्री किशिदाले भन्नुभयो । उहाँले नयाँ भाइरसबाट जोगिन मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भिडभाड नगर्ने र प्रतिबन्धात्मक व्यवस्थाहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -