Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२७:३३ बिहान
- ADVERTISEMENT -

बैतडीमा महाधिवेशन प्रतिनिधिको मतपरिणाम सार्वजनिक

प्रकाशित मिति: २०७८ मंसिर १०, शुक्रबार

405
Shares

बैतडी । नेपाली कांग्रेस बैतडीमा महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनको मतपरिणाम चार दिनमा सार्वजनिक भएको छ । गत मंगलबार निर्वाचन भएकाेमा आज मतपरीणाम सार्वजनिक भएकाे हाे । चुनावी प्रक्रियाबाट २६ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

महाधिवेशन प्रतिनिधिमा जिल्ला सभापति चतुरबहादुर चन्द समूहकै वर्चस्व छ । २६ मध्ये १६ जना प्रतिनिधि चन्द समूहबाट विजयी भएका छन् । शिवराज भट्ट समूहबाट १० जना विजयी भएका छन् । खुलामा चन्द समूहबाट दिनेशप्रसाद भट्ट, लोकराज अवस्थी, दिनेशबहादुर चन्द र नरेन्द्रसिंह थापा विजयी भएका छन् ।

खुलामा भट्ट समूहबाट केशवबहादुर चन्द, हरिमोहन भण्डारी, उत्तरबहादुर ऐर, कर्णसिंह साउँद, दीपकबहादुर बम र कृष्णसिंह नायक विजयी भएका छन् ।

महिलातर्फ चारै जना चन्द समूहबाट विजयी भएका छन् । जसमा पुनम पाल बम, जानकी भट्ट, तुलसी ठगुन्ना र मीना चन्द रहेका छन् ।

यसैगरी, खसआर्य पुरुषतर्फ चन्द समूहका तीन जना र भट्ट समूहका दुई जना विजयी भएका छन् । चन्द समूहबाट दिपेन्द्र बम, सुरेन्द्रसिंह ऐर र नरेन्द्रप्रसाद भट्ट विजयी हुँदा भट्ट समूहबाट तेजबहादुर चन्द र कपील केसीले जित हासिल गरेका हुन् ।

खसआर्य महिलातर्फ दुई समूहबाट २/२ जना विजयी भएका छन् । भट्ट समूहका कान्ता चन्द शाही र सरस्वती कोली तथा चन्द समूहबाट कौशिला चन्द र लक्ष्मी शाह चन्द विजयी भएका हुन् ।

अपांगताबाट ईश्वरीदत्त भट्ट र दलितबाट सुरत पार्की विजयी भए । दुबै चन्द समूहका हुन् । आदीवासी जनजातिबाट चन्द समूहकै किरणकुमार राई निर्विरोध निर्वाचित भएका छन् । यसअघि जिल्ला पदाधिकारीमा एकजना उपसभापति बाहेक सबै पदमा चन्द समूह विजयी भएको छ ।

महाधिवेशन प्रतिनिधिमा पूर्वसांसद र पूर्वसचेतक समेत रहेका विनयध्वज चन्द, पूर्वजिल्ला सभापति तथा संविधानसभा सदस्य नरबहादुर चन्द, पूर्वसभापति नरेन्द्र विष्ट, लगायतका नेता पराजित भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -