दाङ, ९ मङ्सिर २०७८ । नेपाली कांग्रेसका युवा नेता अनुराग खड्का केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित भएका छन् । दाङको निर्वाचन क्षेत्र नं. १ बाट खुल्ला (प्रत्यक्ष) तर्फबाट खड्काले सबैभन्दा लोकप्रिय मत परिणाम सहित विजयी भएका हुन् ।
खड्का उमेरले जम्मा २८ बर्षका भएका छन् । बुधबार प्राप्त अन्तिम नतिजामा खड्काले सबैभन्दा बढी ४९७ मत पाएको निर्वाचत समितिले जानकारी दिएको छ।
खुल्लातर्फ २१ जना प्रतिस्पर्धीमध्ये सबैभन्दा धेरै मत खड्काको आएको थियो । क्षेत्र नं. १ मा ६९४ मतदातामध्ये ६८५ जनाले मतदान गरेका थिए ।
युवा नेता खड्का कांग्रेसका नेता स्व.खुमबहादुर खड्काका छोरा हुन् । महाधिवेशन प्रतिनिधिमा आफूलाई अग्रज नेता कार्यकर्ता, प्रतिनिधिहरूले देखाएको माया एवम् सद्भावप्रति खुसी व्यक्त गर्दै आभार प्रकट गरेका छन् । उनले प्रतिनिधिहरूलाई धन्यावाद दिएका छन् ।








































