Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१०:२८ बिहान
- ADVERTISEMENT -

बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा विरोधसभा

प्रकाशित मिति: २०७८ मंसिर ८, बुधबार

498
Shares

काठमाडौं, मङ्सिर ८ गते । नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा विरोधसभा गर्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै बारले बुधबार देशभरका उच्च अदालतमा विरोधसभा गर्न लागेको हो । चौथाैं चरणको आन्दोलन अन्तर्गत विरोधसभा गर्न बारेले सबै उच्च अदालतमा केन्द्रबाटै प्रतिनिधि पठाएको बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले जानकारी दिनुभयो ।

उच्च अदालत पााटनमा बारका अध्यक्ष चण्डेश्र्वर श्रेष्ठ, कोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र केन्द्रीय सदस्य प्रकाश महर्जनले नेतृत्व गर्दै हुनुहुन्छ । उच्च अदालत जनकपुरमा महासचिव लीलामणि पौडेल तथा पूर्वउपाध्यक्ष विनोद शर्मा र सुरेन्द्रकुमार महतोले नेतृत्व गर्दै हुनुहुन्छ ।

महासचिव पौडेलका अनुसार इलाम उच्च अदालतको विरोधसभालाई बारका पूर्वउपाध्यक्षद्वय कुमार शर्मा आचार्य र मदन खड्का तथा केन्द्रीय सदस्य खिमानन्द अधिकारी, धनकुटा उच्च अदालतमा उपाध्यक्ष मानबहादुर रुम्दाली र पूर्वकोषाध्यक्ष मोहन इङ्नामले नेतृत्व गर्दै हुनुहुन्छ ।

यसैगरी, विराटनगर उच्च बारमा पूर्वउपाध्यक्षद्वय टीकाराम भट्टराई र सीताराम राई, राजविराज उच्च अदालतमा उपाध्यक्ष रामचन्द्रसिंह राजपुत, केन्द्रीय सदस्य पञ्जननारायण मण्डल र पूर्वसभासद् एकराज भण्डारी तथा वीरगञ्जमा पूर्वअध्यक्ष हरिहर दाहाल, पूर्वउपाध्यक्ष विनय सिंह र केन्द्रीय सदस्य भीमसेन बन्जराले प्रतिनिधित्व गर्ने महासचिव पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै हेटौँडा उच्च अदालतमा पूर्वमहासचिव विजयप्रसाद मिश्र र केन्द्रीय सदस्य भुवनप्रसाद निरौला, ओखलढुंगा इजलासमा केन्द्रीय सदस्यद्वय गंगासागर खत्री र अञ्जु कायस्थ, उच्च अदालत बुटवल इजलासमा केन्द्रबाट पूर्वउपाध्यक्ष घनश्याम पन्त, पूर्वकोषाध्ष्क्ष सविता भण्डारी बराल र केन्द्रीय सदस्य बालकृष्ण गैरेले नेतृत्व गर्दै हुनुहुन्छ ।

उहाँका अनुसार उच्च अदालत बार पोखरामा पूर्वअध्यक्ष शम्भु थापा, केन्द्रीय सदस्य कल्पना भण्डारी र पूर्वकेन्द्रीय सदस्य तुलसी भट्ट, बागलुङ उच्च अदालत बारमा उपाध्यक्ष सुरेन्द्र थापा, वरिष्ठ अधिवक्ताद्वय पदमनाथ शर्मा र रामप्रसाद घिमिरे, उच्च अदालत नेपालगञ्जमा उपाध्यक्ष सुनीलकुमार श्रेष्ठ, पूर्वउपाध्यक्ष प्रेमबहादुर खड्का र पूर्वमहासचिव रमणकुमार श्रेष्ठ, तुलसीपुर उच्च बारमा उपाध्यक्ष ईश्वरी भट्टराई, केन्द्रीय सदस्य शिवराज पण्डित र पूर्वउपाध्यक्ष प्रह्लाद कार्कीले प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।

महेन्द्रनगरमा उपाध्यक्ष रमेशप्रसाद विष्ट, दिपायलमा पूर्वपाध्यक्ष राजेन्द्रबहादुर साउद र रणबहादुर सिंह, सुर्खेत उच्च अदालत बारमा उपाध्यक्ष रक्षा बस्यालले विरोध सभाको नेतृत्व गर्ने बारका महासचिव पौडेलले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -