काठमाडौं, नेपाली कांग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले आसन्न १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिने भएका छन् । यसको लागि उनले सम्पूर्ण तयारी गरिसकेका छन् । उनीनिकट स्रोतकाअनुसार पार्टी सभापति एवम् १४औं महाधिवेशनमा पनि सभापतिमा उम्मेद्धवाी दिने घोषणा गरेका शेरबहादुर देउवाकै आग्रहअनुसार खाँणले यसपटक महामन्त्रीमा उम्मेद्धवारी दिन लागेका हुन् ।
गृहमन्त्रालयको नेतृत्व सम्हालेपछि उनले धेरै राम्रो काम गरेको भन्दै प्रशंसा भैरहेको अवस्थामा प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाले नै आफ्नै टिमबाट महामन्त्रीमा उठ्न भनेपछि उनी यसकोलागि सबै तयारीका साथ अघि बढेका छन् ।
देशभरिका नेता तथा कार्यकर्ताले यसपटक खाँणलाई महामन्त्रीमा उठ्नको लागि दबाब पनि दिईरहेका छन् । खाँणले पनि आफ्नो देशदौडाह अभियानलाई तिव्रता दिएका छन् ।








































